रौतहट
गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले शिक्षा स्वास्थ्य विकासको लागि आधारभूत आवश्यकता रहेको बताएका छन । उनले शिक्षा विनाको मानवको जीवनको कुनै औचित्य नहुने दावी गरेका छन ।
रौतहटको गौर नगरपालिका वड़ा नम्बर ६ मा नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन उदघाटन गरी शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार र व्यापार ,सुन्दर समृद्ध तथा समुन्नत गौरको आधार नारा सहित आयोजित उदघाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै मेयर गुप्ताले भविष्यमा गौर नगरपालिका शिक्षा र स्वास्थ्यमा फड्को मार्ने ठोकूवा गरे । शिक्षामा र स्वास्थ्यमा व्यापक सुधर ल्याउने रणनीतिका साथ नगरपालिका अघि बढिरहेको बताउँदै मेयर गुप्ताले आगामी दिनमा सवाई वड़ाहरुमा सुविधा संपन्न स्वास्थ्य चौकीको स्थापना गरिने उदघोष गरे ।
गौरमा रहेको जिल्ला अस्पतालको जर्जर अवस्थामा पुर्याउने कार्यरत स्थानीय कर्मचारी नै भएको भन्दै स्थानीय तहलाइ जिल्ला अस्पतालको प्रशासनिक जिम्मेवारी नदीए सम्म त्यसको सुधार कुनै पनि हालतमा हुन नसक्ने दावी गरे । जिल्ला अस्पताल जिम्मामा स्थानीय सरकारको मातहतमा नभएको कारन लापरवाही गर्ने कर्मचारी माथि कड़ाईका साथ कार्यवाही हुन नसकेको वहाँको कथन रहेको छ ।
जिल्ला अस्पताल ,स्वास्थ्य कार्यालयमा १५ वर्ष भन्दा लामो समय देखि एउटै कर्मचारी कार्यरत रहेको बताउँदै त्यस्ता कर्मचारीलाइ तुरुन्तै हटाउनु पर्ने संघीय सरकार र प्रदेश सरकार सित आग्रह गरेका छन । जिल्ला अस्पताल हुदा हुदै पनि उपचार गराउन अन्यत्र जानू पर्ने स्थानियहरुको बाध्यता रहेको छ । अस्पतालमा राम्रो चिकित्सकको आभाव ,भएको कर्मचारी आफ्नो कार्य प्रति जिम्मेवार नहुनुले जिल्ला अस्पतालको अवस्था दयनीय भएको मेयर गुप्ताको भनाइ रहेको छ ।
स्वास्थ्य चौकीको व्यवस्थापन रेख देख स्थानीय सरकारको मातहत भएकोले सवै वड़ामा सर्भसुलभ रुपमा स्वास्थ्य सेवामा पहुंच हुने उदेश्यले सुविधा संपन्न स्वास्थ्य केन्द्रको स्थापना नगरपालिकाले गर्न लागिएको हो ।
रौतहट शिक्षा ,स्वास्थ्य ,सरसफाईको साथै मानव सूचकांकमा पछाडि परेकोले मानव सूचकांकमा माथि उठन शिक्षामा व्यापक सुधारको आवश्यकता रहेको जिकिर गर्दै मेयर गुप्ताले नगरपालिकाले शिक्षाको स्टार सुधारको निमित चालेको अभियानमा अभिभावकहरुले सहयोग गर्नु पर्ने धरना राखे । उनले भने हामीले अभियान सञ्चालन गरेका छौ तपाईहरुले आफ्नो छोरा छोरी शिक्षक शिक्षिकालाइ निगरानी गरिनु पर्छ । छोरा छोरीलाइ मोबाइल नदिन अभिभावकहरुलाई अपील गरे ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षाहरु तलाव खाने र काम नगर्ने सोच राखेको कारण सामुदायिक विद्यालयको आलोचना भैरहेको जनाउँदै शिक्षकहरुले आफ्नो पेशा प्रति इमान्दारिता जनाई दिए निजी विद्यालय भन्दा राम्रो सामुदायिक विद्यालयका शिक्षा हुने दावी गरे ।
नगरपालिकाले सामुदायिक विद्यालयमा नियमित उपस्थित भई राम्रो सित आफ्नो दायित्व निर्वाह गर्ने ५ जना शिक्षकलाइ नगद २० हजारका दरले पुरस्कृत गर्ने निति बनाएको जानकारी गराएका छन । जनताको सेवा गर्ने चाहना रहेकोले नगरपालिकाले गर्ने विकास निर्माणका कार्य देखि लिएर कला सस्कृतिको संरक्षण गर्ने अभियानमा सहयोगी भूमिका निर्वाह गरिदिन सवै सित आग्रह गरेका छन ।
कार्यक्रममा नगरपालिकाका उपसचिव प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले नगरपालिकाले नगरवासीको हितमा काम गर्दै आएको बताएका छन ! बालिकालाइ स्कुल पठाउनु पर्ने भन्दै कार्कीले गौरवले भरिएको गौर भोलीको दिनमा पर्यटकीय क्षेत्रको रुपमा परिचित हुने धरना राखे ।
नगरपालिकामा भएका स्रोत साधनको प्रयोग गर्दै नगरवासीको चाहना पूरा गर्ने प्रतिवद्ध रहेको बताउँदै प्रमुख प्रशाषकीय अधिकृत कार्कीले संविधान र कानून अनुरूप सवैको आधारभूत स्वास्थ्यमा पहुंच पुर्याउने प्रतिवद्धता व्यक्त गरे।!
नगरपालिकाका सवै वड़ा पूर्ण खोप हुने भन्दै नगरपालिकाको कार्यमा सहयोग गर्न अपील गरे । रुपैया ठूलो भनिए पनि सत्य नभएको सवै भन्दा ठूलो शिक्षा र स्वास्थ्य नै भएको उल्लेख गरे । आफ्नो घर आँगन , बाटोघाटों साफा सुघर राखेर स्वास्थ्य जीवन जिउन सुझाव समेत दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जिल्ला अस्पताल माथि कटाक्ष गर्दै शहरी स्वास्थ्य केन्द्रलाइ त्यस्तै न बनाउन आग्रह गरेका छ । ठुल ठुल्ला भवन बनाएर केहि हुदै त्यसमा प्राण हाल्नु पर्छ भन्दै जोशीले स्वास्थ्य केन्द्रको प्राण औषधि , स्वास्थ्यकर्मी , उपकरण र सुरक्षा भएको बताए ।
जिल्ला अस्पतालबाट गएको सोमवार चोरी भएको लैवका उपकरणमा कर्मचारीको नै संगलंता रहेको आशंका रहेको बताउँदै त्यसो नगर्न र स्वास्थ्य केन्द्रको सुरक्षित राख्ने जिम्मेवारी सवैले लिनु पर्ने टिपण्णी गरे । मुस्लिम समुदायमा सवै भन्दा शत्रुको रुपमा बाल विबाह रहेको हुदा त्यसलाई अंत गर्नुपर्ने जोड़ दिदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले वाल विवाह गरिमा कÞानूनी कार्यवाही हुने कानून बनि सकेकोले यसबाट बाल विबाह गर्ने गराउने जेल जाने चेतावनी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका सभापति रविन्द्र प्रसाद साहले शिक्षा र स्वास्थ्यको विकास गर्नु उत्तम रहेको बताएका छन । जनताको घरमा स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने लक्ष्य नगरपालिकाको सराहनीय भएको उल्लेख गरे ।
कार्यक्रममा आधारभूत विद्यालय बाल मन्दिर र जी स्टारका बाल बालिकाहरुले बाल विबाह स्वास्थ्य र शिक्षा सम्वन्धनमा झांकी ,नृत्य प्रस्तुत गरेका थिए । जनचेतना मूलक झांकी प्रस्तुत गरेको बाल मन्दिरका विद्यार्थीहरुलाई १८ हजार तथा जी स्टारका विद्यार्थीहरुलाई एउटा नृत्य हेरेर करीव ५ हजार रुपैया पुरस्कार परेको थियो ।
उदघाटन समारोहमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणमा भूमिका निर्वाह गरेका लक्ष्मण साह , शेख मैनुद्दीन , नन्दलाल बैठा , राम निरखण साह , शेख इरफान , महमद सागिर मिया , शैल देवी , प्रतिमा साह , रामअयोध्या ठाकुर , जय प्रकाश साह , सोमरिया देवी बैठा , जीतेन्द्र साहलाइ मेयर गुप्ताले प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए भने वड़ा सदस्य शेख रजाय महमद , स्वरुप साह , प्रतिमा देवी ,बालकेशी देवी , जीतेन्द्र भारती , वड़ा सचिव शान्ता अधिकारीलाइ प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले सम्मानित गरेका थिए । उदघाटन समारोहमा निर्वा्चित वड़ा अध्यक्षहरु , सुरक्षा समितिका पदाधिकारी , महिला स्वास्थ्यकर्मी , स्थानीयबासी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic