Siraha Times
ताजा समाचार

हेल्प मधेशीद्धारा बनिनियाँमा शैक्षिक सामग्री वितरण

  • पुस २६, २०७५
  • १९६९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २६ पौष । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो । 
 
कल्याणपुर नगरपालिका १ लक्षन मण्डल जनता माबि बनिनियामा बुधबार आयोजित शैक्षिक सामग्री बितरण कार्यक्रममा आधारभूत बिद्यालय अर्नामा, आधारभुत बिद्यालय सनचिरैया, आधारभुत बिद्यालय कोयलपुर र लक्षन मण्डल जनता मावि. बनिनियाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ । प्रत्येक बिद्यालयबाट अतिगरीब, दलित र बिपन्न मध्येबाट १० जनाको दरले छनोट गरी जम्मा ४० जना बिद्यार्थीलाई करीब ६० हजार मोलबराबरको शैक्षिक सामग्री बितरण गरीएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा हेल्प मधेशी कतारको सहयोगमा सिरहा नगरपालिका ६ बस्ने रुन्ची कुमार साफीलाई एक थान सिलाई मेसिन समेत प्रदान गरिएको छ । 
49735063_2070800669666298_5406045906359287808_n
प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का उद्योग, पर्यटन, बन तथा बातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले हेल्प मधेसीले गरिरहेको  कार्य सराहनिय रहेको बताए । मन्त्री मण्डलले श्रमिकहरुले गरेको योगदानबाट  पुगेको टेवालाई प्रशंसा गर्दै प्रदेस २ मा खस्किएको शैक्षिक स्तरलाई उकास्नका लागी शुभ संकेत रहेको बतातए । सरकारको शिक्षा नितिमा भाषाको भेदका कारण मधेश पछाडी परेको उनले दाबी गरे । उनले “अब लोकसेबा आयोगदेखि पठन– पाठन समेत आफ्नो भाषामा गर्न प्रदेश सरकार कटिब्ध छ, प्रदेश सरकारले थालेको “बेटि बचाउ, बेटि पढाउ” अभियानले महिला शिक्षामा टेवा पुग्ने छ, हाम्रो समाजले चेलीबेटीलाई शिक्षाबाट बन्चित गरेकै कारण शिक्षामा सुधार हुन सकेको छैन् ।”
49673907_385193395377182_381814303327518720_n
कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले पीडितको अवस्था हेरी आफुहरुले आगामी दिनमा समेत सहयोग गर्न प्रतिवद्ध रहेको बताए । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षाको  पहुचमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामाग्री बितरण गरेको उनले बताए । हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमले सममय–समयमा आर्थिक स्थित कमजोर भएका गरीब, दलित, पिछडिएका बिद्यार्थी, दुर्घटना, भुकम्प, बाढीपहिरो जस्ता दैबिक प्रकोपबाट पिडित भएका परिबारलाई राहत स्वरुप रकम, खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् ।  
49619234_2070801369666228_6219307567403761664_n
हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश २ का उद्योग, पर्यटन, बन तथा बातावरण राज्य मन्त्री सुरेश कुमार मण्डल रहेका थिए भने बिशिष्ट अतिथीका रुपमा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल, उपमेयर रोहणी देवी यादब, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, हेल्प मधेशी साउदीका संस्थापक अध्यक्ष शिव नारायण यादव, हेल्प मधेशीका  संस्थापक सदस्य प्रभात महतो, हेल्प मधेशी नेपालका सेवक राम कुमार महतो, रामपुकार कापर, श्रीमती सुनिता सिंह, हेल्प मधेशी साउदीका सल्लाहकार लालबाबु साह जी, हेल्प मधेशी कतारका सदस्य शिवलोचन यादव, शुभलाल महतो लगायतका उपस्थिती रहेको कार्यक्रम संयोजक अजय कुमार मण्डलले बताए ।

 

 
हेल्प मधेसी हाल नेपाल सहित साउदी, बहराइन, दुबई, कुवेत र मलेसियामा क्रियाशिल रहेका छन् । 
50267764_216588529283080_3839982263370514432_n

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१