“यही सरकारले नेपाल समृद्ध बनाउँछ”-प्रवक्ता श्रेष्ठ

  • पुस २६, २०७५
  • १२६७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा आज (बुधबार) आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लागेकोले सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने समेत उनले दाबी गरे । उनले भने “यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराव कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नु पर्ने हुन्छ ।”
 
49816867_2006665509416932_3342260102827606016_o
प्रवक्ता श्रेष्ठले राष्ट्रिय अखण्डतालाई टुक्रायाउन खोज्नेलाई परास्त गर्ने चेतावनी दिएका छन् । देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उनले बताएका छन् । विखण्डनकारी विरुद्ध एकढिक्का बनाउनु पर्ने भन्दै उनले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने दाबी गरेका छन् । 

“समाजिक सुरक्षाभत्ता पाँच हजार पुर्याउछौं”-उपप्रधानमन्त्रि पोखरेल

स्मृति दिवसलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकिरहेको बताएका छन् । बर्तमान सरकार संयन्त्र सहितको परिवर्तन भएको भन्दै उनले नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनु पर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको जिकिर गरे । 
49756005_2037863186320897_8961068832080789504_n
सरकारले फाल्गुन मसान्त भित्रै सवै कानुन बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने उनले बताए । मन्त्री पोखरेलले बर्तमान सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने दाबी गरे । उनले भने  “हामीले समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुर्याउँछ ।” 
 
मन्त्री पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुनकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी किसानलाई खुसहाली बनाउने दाबी गरे । अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालाई अल्पमतमा पार्ने पक्षमा नरहेको समेत उनले बताए । उनले भने “अंगिकृत नागरिकताको भेल बाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, ‘सरकारले विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छ ।”
49245203_981567185376121_7080774584168873984_n
नेपाल बहुजाती, भाषा, धर्म भएको देश रहेको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनले भने  “तराइको धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई  सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौं ।”
 
किसान नेता जयगोविन्द साहको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने वि.सं. २०४६ साल पौष २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको साहको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् । 
50007566_216074469347623_4688211619698704384_n
स्मृति सभामा नेकपाका नेता धर्मनाथ साह, महेन्द्र पासमान, अजय शंकर नायक, बिश्बनाथ साह, प्रदेश २ का अध्यक्ष प्रभु साह, संघिय सांसद लिलानाथ श्रेष्ठ, बोधमाया यादब, प्रदेश सांसद सत्यनारायण मंडल, रामकुमार यादब, दिलिप साह लगायतकाले सम्बोधन गरेका थिए । उक्त क्रममा बिभिन्न पार्टी परित्याग गरी २ दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका छन् । 
49800279_335687400363525_3741564591021228032_n

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१