Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिकाले मनाए विश्वकर्मा पूजा

  • असोज १, २०७९
  • ११६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज १ । धार्मिक सांस्कृतिक महत्त्वका बीच हरेक बर्ष विश्वकर्मा पूजा धूम धामका साथ आज देशभरी मनाउँदै छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुनुका साथै धार्मिक, सांस्कृतिक, आदर्शका बीच सामाजिक परम्परा अनुसार पूजा आजा गर्ने गरिन्न्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।( श्रोत सामाजिक सञ्जाल ) रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए । श्रोत (सामाजिक सञ्जाल)

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।( श्रोत सामाजिक सञ्जाल)  यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।( श्रोत सामाजिक सञ्जाल) विश्वकर्मा पूजाको अवशरमा सिरहाको धनगढीमाई नगरपालिकाले नैनपुर अस्पताल परिसरमा पालिकाका सबै सवारी साधन लगाएत पालिकाको गाडीहरु भेला गरी पूजा आजा गरेका छन् । पूजा गर्दै आएका जिन्सी शाखाका प्रमूख सम्पैत यादवले पालिकाको गाडीहरुलाई निष्ठापूर्वक आज बिहान पूजा पाठ गरिएको बताउनु भएको छ । पालिकाको सवै गाडीहरु एक ठाउँमा भेला पारी धूम धामका साथ पूजा गरिएको स्थलगत रिपोर्टिङ बाट परीक्षार्थी पत्रकार अर्थात् फोटो पत्रकार हेम प्रसाद पासवानले जनाएका छन । श्रोत सामाजिक सञ्जाल  

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१