ताजा समाचार

गौशाला न.पा.मा पानीमा डुबेर एक पुरुषको मृत्यु

  • भदौ ३१, २०७९
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गौशालाः महोत्तरीको गौशालामा एक पुरुषको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नम्बर १२ स्थित जंगलको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ४५ वर्षिय रत्न बहादुर राणा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । राणाको हिजो नै खाल्डो डुबेर मृत्यु भएको आशंका गरिएको छ र निज मृतको घटनाबारे अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤