हेल्प मधेशीको शैक्षिक सामग्री पाएपछि विद्यार्थी खुसी

  • पुस २१, २०७५
  • १७५८ पटक पढिएको
  • राम नारायण पंडित
alt

राम नारायण पंडित, सिरहा, २१ पौष । हेल्प मधेशी साउदी अरेबियाले सिरहा र धनुषाका बिद्यार्थीहरुलाई शैक्षिक साग्रगी वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहा र धनुषाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा शुक्रबार आयोजित कार्यक्रममा आधारभुत बिद्यालय कर्जन्हा नपा १० मनहर्बा, आधारभुत बिद्यालय कर्जन्हा नपा ११ बगहा, जनकल्याण आधारभुत बिद्यालय कर्जन्हा ११ हथलेटबा र जनता आधारभुत विद्यालय गणेशमान चारनाथ नपा ८ पोर्ताहा, धनुषाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रत्येक बिद्यालयबाट अतिगरीब, दलित र बिपन्न मध्येबाट १० जनाको दरले छनोट गरी जम्मा ४० जना बिद्यार्थीलाई करीब ६० हजार मोलबराबरको शैक्षिक सामग्री बितरण गरीएको आयोजकले जनाएको छ ।  
2
कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले पीडितको अवस्था हेरी आफुहरुले आगामी दिनमा समेत सहयोग गर्न प्रतिवद्ध रहेको बताए । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षाको  पहुचमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामाग्री बितरण गरेको उनले बताए । 
3
 
हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमले सममय–समयमा आर्थिक स्थित कमजोर भएका गरीब, दलित, पिछडिएका बिद्यार्थी, दुर्घटना, भुकम्प, बाढीपहिरो जस्ता दैबिक प्रकोपबाट पिडित भएका परिबारलाई राहत स्वरुप रकम, खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् ।  
4
हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवको अध्यक्षता तथा कर्जन्हा नगरपालिकाका बिनी उपेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा कर्जन्हा नगरपालिका उपमेयर ज्ञानु श्रेष्ठ, हेल्प मधेशी साउदी अरबका संस्थापक अध्यक्ष शिब नारायण यादब, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, त्यसैगरी अतिथिका रुपमा हेल्प मधेशीका संस्थापक सदस्य प्रभात महतो, नेपालका सदस्य संजयरान यादब र राम पुकार कापर लगायत शिक्षक, बिद्यार्थी, स्थानियबासी सहितका उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१