ताजा समाचार

गुँजनको गुजारा कसरी चल्छ ? घरपरिवारले पनि त्यागे

  • पुस २१, २०७५
  • १८७९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २१ पौष । यौवनसँगै आयआर्जनमा लागेकाप्रति घरपरिवार मात्रै होइन्, छरछिमेकी र गाउँ समाजको नजर पनि जोसुकैमाथी आकर्षण हुन्छ । जब उमेर ढल्दै गएर रोगव्याधीले सताएपछि आफ्ना घरपरिवारले पनि त्याग छन् । आज यस्तै अवस्थामा बाँचिरहेका छन् सिरहा नगरपालिका सिरहा ६ बसबिटाका ४४ बर्षीय गुजन यादब । जतिबेला यादव काम गरेर आफ्ना लालाबाला र घरपरिवार चलाउँदा सबैको प्यारो बनेको थियो उनी ।
केही समयदेखि यादव अपांग भएका छन् । नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादवका अनुसार जन्मजात अपांग नभएर उनी पछि आएर यस्तो भएको हो । उनको मुखको माथिलो भागमा ट्युमर भएको छ । उपचार गराएपछि निको हुने हो । तर, समान्य आर्थिक अबस्था भएका गुँजनलाई अनुहार देखेर अरु त के आफन्त र घरपरिबारका सदस्य समेत घृणा गर्छन् । उपचार त के ? उनका घरपरिवारले खाना पनि दिदैन् । बुवा आमाले समेत हेला गर्ने भएकोले उनी भिक्षा मागेर जीवन गुजारा गर्छन् । उनको उपचार गर्न सहयोग गरिदिए उनी सपांग हुने निश्चित छ । 
डा. दिलिपकुमार भन्छन् — उनलाई उपचारको लागि पहल गरियो भने रोग निको हुने हो । हामीबाट हुने सहयोग निःशुल्क गर्न तयार छु । तर, उनका घरपरिवार तयार हुनुपर्छ । अनि हामी उपचारमा लाग्छौ । 
स्थानीय बरुण साह भन्छन् — उनी हुनेखाने परिवारका हुन् । उनलाई उपचार नगराए उनका घरपरिवारलाई सामाजिक कारवाही गर्नुपर्छ । 
स्थानीय शिला दिनेश सिँहले आफ्नो फेसबुकमा लेख्छन् — उनलाई उपचार गर्न कति पटक प्रयास गरे । तर, उनका घरपरिवारले मानेका छैन । हामीले निःशुल्क उपचार गराउँन तयार भएपनि उनका परिवारले चासो नदिएकोले उनी जीवनमरणको दोसाध बाँचिरहेका छन् । गुँजनलाई आँपरेशन विधीबाट उपचार गर्ने भएकोले उनका परिवार बाहेक अरुले आफु फस्ने देखिएकोले उपचार गर्न अग्रसर नभएको स्थिति छ । यसको लागि उनका घरपरिवारले नै जिम्मेवारी भएर उपचारतर्फ लाग्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤