ताजा समाचार

सार्थक जीवन - कबिता

  • भदौ २६, २०७९
  • १५१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

✍️ घृणा गरेर के गर्नु माया गरेर हेर्नु यसमा के मिठास छ।

 मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

दानवतालाई त्यागेर मानवता बनेर हेर्नू यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनको छेउमा अहंकारी रावणको बास छ ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नु यसमा के मिठास छ ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

बेइमान बनेर के गर्नु परोपकारी बनेर हेर्नू ,यसमा के मिठास छ।

दुराचारीलाई दुर भगाइ सत्कारी बनेर हेर्नू , यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

 मानव मानव एक हौ हामी मानवताले सिकाउछ।

मानव मानव मा भेदभाव दानवताले सिकाउछ।

पीडा दिएर के गर्नु पीडा सहेर हेर्नू यसमा के मिठास छ।

मानवताको पाठ सिकाउने हाम्रा पुर्वज को ईतिहास छ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नू यसमा के मिठास छ।

 मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

एक्लै भएर के गर्नु संगठित भएर हेर्नू यसमा के मिठास छ।

हाम्रा आउने सन्ततिहरुको हामी माथी नै आस छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

दीन ,दु:खी हरुलाई माया गरेर हेर्नू यसमा के मिठास छ।

मर्यादाको पाठ सिकाउने श्री रामचन्द्र जी को पनि बनवास छ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नू यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

✍️ लेखक : राज कुमार साफी

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤