शिक्षा, स्वास्थ्य र रोजगारीको लागि शिपमुलक ज्ञान प्रवाह गर्न जोड

  • पुस १५, २०७५
  • ९७५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १४ पौष । जुन काम भगवान—अल्लाले हुँदैन, त्यो काम ज्ञानले हुन्छ । ज्ञान नै भगवान —अल्ला भएकोले मुस्लिमहरु शिक्षातर्फ उन्मुख हुनुपर्ने जरुरी रहेको सुरुँगा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले बताउँनुभयो । नेपाल जनउत्थान प्रज्ञा समाज सुरुँगा ५ कडरबोनाको साधारणसभामा पौष १४ गते मेयर चौधरीले जबसम्म सूर्यचाँद रहन्छ तबसम्म यो हाम्रो समाजमा विभिन्न वर्गलाई उत्थानको जरुरी रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीको लागि शिपमुलक ज्ञान प्रवाह गर्न तयार रहेको बताउँनुभयो ।

मेयर चौधरीले यहाँका जनता शिक्षातर्फ अग्रसर भयो भने समाजमा रहेको बालविवाह, महिला हिँसा, बेरोजगारीलगायत हिँसात्मक क्रियाकलाप अन्त्य हुँदै जाने उहाँले बताउँनुभयो । प्रज्ञा समाजका अध्यक्ष अलाउदीनका सभाध्यक्षतामा भएको सो कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतिश सिँहयादवले यो सँस्थालाई हाम्रो नगरपालिकामा आएर काम गर्न आव्हान गर्न चाहन्छु भन्दै समाजिक रुपान्तरणमा सँघसँस्थानहरुको महत्वपूर्ण भूमिका रहेको बताउँनुभयो ।

बलान विहुल नगरपालिकाका प्रमुख दयानन्द गोइतले मानव सेवामा यो सँस्था अघि बढिरहेकोले छलकपटबाट अलग भएर निष्पक्ष र भयमुक्त भएर अघि बढ्न उहाँले बताउँनुभयो । प्रज्ञा समाजको ५ औं साधारणसभामा समिम, फते अहमद, हकिम, मजेबुल, सकिर रहमान, अनवर, आयुबलगायतका वक्तहरुले युवाहरुलाई कुलतबाट निकालेर रोजगारीमुलक तालिम दिनुपर्छ । यसको लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने । आज मान्छे मान्छेबीच घृणा भइरहेको छ, यसको अन्त्यको लागि शान्ति सुरक्षाको जरुरी छ । जाडोमा गरिबहरुको समस्या छ, यिनीहरुको लागि न्यानो लुगाको खाचो छ । बालविवाह, घरेलु हिँसा, बहुविवाह, हिँसात्मक क्रियाकलाप अन्त्य गर्न जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

गोल्डन फ्यूचर बोर्डि ...

लहान, असार १० । सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित गोल्डन फ्यूचर बोर्डिङ स्कुलले अत्याधुनिक &lsqu ...

बलान बिहुल गाउँपालिक ...

लहान असार १० । बलान बिहुल गाउँपालिकाको १२औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सम्प ...

नेपाली मुस्लिम डाक्ट ...

रहमुल लहान ९ असार । नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको साझ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१