पडरियामा राष्ट्रियस्तरीय भलिवल प्रतियोगिता

  • चैत १६, २०७४
  • २१६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिकनवसंग्राम दैनिक लहान, १६ चैत्त । प्रदेश २ का सांसद लगनलाल चौधरीका प्रमुख आतिथ्यमा आज लहानको पडरियामा भलिवल प्रतियोगिता २०७४ को एक कार्यक्रमबीच उद्घाटन भएको छ । श्री सृजना सामुदायिक पुस्तकालय पडरिया थारुटोलद्धारा आयोजित सो प्रतियोगितामा राष्ट्रियस्तरका आठ टिम सहभागी भएको जिल्ला खेलकुद समितिका अध्यक्ष सचिदानन्द चौधरीले बताएका छन् । चैत्त १६ देखि २० गतेसम्म चल्ने उक्त प्रतियोगितामा महोत्तरी, पडरिया भलिवल टिम, रानी पुलिस, मनसा कन्स्ट्रक्सन काठमाण्डौ, एपिएफ काठमाण्डौ, जाउलाखेल ललितपुर, झापा भलिवल टिम र मोहनपुर भलिवल टिम सिरहालगायतका रहेको छ । उद्घाटन कार्यक्रमका सभाध्यक्षता खड्गनारायण चौधरीले गर्नु भएका थिए भने विशिष्ट अतिथी लहान नगरपालिका मेयर मुनि साह रहनु भएका थिए । उपमेयर सरियार चौधरीले खेलकुद स्वस्थ्य जीवनको महत्वपूर्ण आधार रहेको बताएकी थिइन् । चैत्त २० गते समापन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्डसहित १ लाख २५ हजार नगद पुरस्कार दिने भएको छ । यस्तै दोस्रो टिमलाई शिल्डसहित ७५ हजार र तेस्रो हुने टिमलाई शिल्डसहित २१ हजार पुरस्कार प्रदान गरिने आयोजकपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१