ताजा समाचार

पडरियामा राष्ट्रियस्तरीय भलिवल प्रतियोगिता

  • चैत १६, २०७४
  • २२९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिकनवसंग्राम दैनिक लहान, १६ चैत्त । प्रदेश २ का सांसद लगनलाल चौधरीका प्रमुख आतिथ्यमा आज लहानको पडरियामा भलिवल प्रतियोगिता २०७४ को एक कार्यक्रमबीच उद्घाटन भएको छ । श्री सृजना सामुदायिक पुस्तकालय पडरिया थारुटोलद्धारा आयोजित सो प्रतियोगितामा राष्ट्रियस्तरका आठ टिम सहभागी भएको जिल्ला खेलकुद समितिका अध्यक्ष सचिदानन्द चौधरीले बताएका छन् । चैत्त १६ देखि २० गतेसम्म चल्ने उक्त प्रतियोगितामा महोत्तरी, पडरिया भलिवल टिम, रानी पुलिस, मनसा कन्स्ट्रक्सन काठमाण्डौ, एपिएफ काठमाण्डौ, जाउलाखेल ललितपुर, झापा भलिवल टिम र मोहनपुर भलिवल टिम सिरहालगायतका रहेको छ । उद्घाटन कार्यक्रमका सभाध्यक्षता खड्गनारायण चौधरीले गर्नु भएका थिए भने विशिष्ट अतिथी लहान नगरपालिका मेयर मुनि साह रहनु भएका थिए । उपमेयर सरियार चौधरीले खेलकुद स्वस्थ्य जीवनको महत्वपूर्ण आधार रहेको बताएकी थिइन् । चैत्त २० गते समापन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्डसहित १ लाख २५ हजार नगद पुरस्कार दिने भएको छ । यस्तै दोस्रो टिमलाई शिल्डसहित ७५ हजार र तेस्रो हुने टिमलाई शिल्डसहित २१ हजार पुरस्कार प्रदान गरिने आयोजकपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤