ताजा समाचार

निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघलाई विद्यार्थीले हस्ताक्षर बुझाए

  • पुस ९, २०७५
  • ६१२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडाैं । निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ ।पाँच महिना बित्न लाग्दासमेत पन्तको हत्यारा पत्ता लाग्न नसकेपछि त्रिभूवन विश्वविद्यालयका विद्यार्थीले घटना अनुसन्धानमा सहयोगको आग्रहसहित आज संकलित करिव १५ हजार हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित संयुक्तराष्ट्र संघको कार्यालयमा बुझाएका हुन ।

 

यसअघि उनीहरुले एक साता माईतीघर मण्डलामा हस्तक्षार संकलन गरेका थिए । निर्मलालाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायको पहलका लागि हस्ताक्षर बुझाइएको अभियानकर्ताले बताएका छन् ।निर्मलाको हत्या अनुसन्धानमा राज्य नै असफल भएपछि अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएको विद्यार्थीले बताएका छन् । यसअघि मंसिर दोस्रो साता महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेष दूत डुब्रभ्का सिमोनोभिचले पन्तको हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी थिइन ।

साउन १० गते बलात्कारपछि पन्तको हत्या गरिएको पुष्टि भएपनि अपराधी पत्ता लगाउन सकिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤