सिरहा/ २० भदौ दलित विकास मञ्च सिरहाकाे आयाेजना कल्याणपुर नगरपालिका काे सहकार्य र सि.वि.एम.ग्लाेबलकाे साझेदारीमा सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा सञ्चालित सवैकाे लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारकाे कमि आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमकाे प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन । मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन ।
मेयर साहले अपांग समुदायको सक्षम तथा आत्मनिभर्र बनाउने याेजना र बजेट समेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन । कल्याणपुर नगरपालिकाकाे वडा नम्बर १देखि १२ वटा वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिरहाका कार्यक्रम संयाेजक जितेन्द्र रायले बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादबकाे समेत सहभागी रहेकाे थियो । कार्यक्रममा कल्याणपुर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत काे समेत सहभागीता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिहाका सचिवले स्वागत मन्तव्य राखनु भएको थियाे । कार्यक्रममा सि.वि.एम. ग्लाेवलका विमल पाैडेलकाे समेत सहभागीता रहेकाे थियो ।कार्यक्रम संचालन संस्थाका फिल्ड सुपरभाइजर रविन महराले गरेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता दलित विकास मञ्च सिरहाकाे अध्यक्ष रूणा कुमारी महराले गरेकि थिईन । कार्यक्रम सवैवडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कल्याणपुर नगरपालिका काे शाखा प्रमुख र विभिन्न संचार कर्मिहरूकाे सहभागीता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved