सामाजिक अभियन्ताको रूपमा उदाउँदै निर्दोषी

  • भदौ २०, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २०। सामाजिक रुपान्तरणको कटाक्ष बाैद्धिक व्यक्तित्वको नाम लिनुपर्दा सिरहाको धनगढीमाई नगरपालिकाका एक व्यक्ति हुन राम निर्दोषी । सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह विगतका दिनदेखि लगातार गर्दै आएका निर्दोषीले साउने मेलाको अन्तिम दिनमा सिरहाको बन्दीपुरको उत्तरमा रहेको उतराहिनी पवित्र धार्मिक स्थलमा पाल टाँगेर श्रदालु भक्तजनहरूको लागि निःशुल्क खानाको ब्यबस्थापन गरेका थिए भने मेलाको अवशरमा डाक बममा सहभागी विजय भएका भक्तजनलाई धनगढीको जीरोमाइल बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा फूल माला लगाई साईकल पुरस्कार दिएका थिए । समाजिक अभियानता भनाउनेहरुको अगाडी आफ्ना छुट्टै पहिचान छोड्दै धनगढीमाईको वडा नं 5 का एक चार वर्षिय बालक सुरज शाह रोगले पीडित हुँदै निम्न आर्थिक अवस्थाको कारण उपचारमा असहजता भएपछि एउटा अबाेध बालक जो जीवन मरणको अन्तिम मैदानमा जीवन मरणको संघर्ष गर्दै आएको अवस्थामा निर्दोषी अगाडि आएका हुन् ।

एक बालक अस्पतालकाे सैयाबाट आम समाजलाई आफनो जीवन बचाई दिनको लागि दश औंला जोड्दै निवेदन गरिरहेको अवस्थामा आफ्ना व्यक्तिगत कार्यलाई पछ्याउँदै बालकको ज्यान बचाउनको लागि अग्रपङ्क्तिमा उभिएर काम गर्दै गर्दा कहाँ छन् यी देशका नेताहरु, बालकको अवस्थाको बारेमा जिल्लाका अधिकांश नेतालाई फाेन गरेर निर्दोषीले जानकारी गराए तर अशवासन बाहेक केही नपाएका , निर्दोषीले नेताको गफ हाे सहयोग हैन भनी बुझेका हुन् । बालकको अवस्था बुझ्न जनकपुर स्थित जानकि हेल्थ केयरमा पुगेर बिरामी सुरज शाहको स्वास्थ्य अवस्था बारे डाक्टर सुजित यादवसंग भेटेर जानकारी लिएका थिए । बालकको अहिलेकाे अवस्थामा सुधार भएको छ र अबकाे केही दिनमै डिस्चार्ज गरिने बताएका अस्पतालको बेडबाट उनलाई घरसम्म ल्याउन आर्थिक संकट परेको अवस्था रहेकोले सामाजिक अभियन्ताको रूपमा अघि बढिरहेका निर्दोषीले बालकको उपचारमा सहजताको लागि आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अपिल पनि गर्दै बालकको ज्यान बचाउनको निम्ति अघि आएकोमा सिराहा जिल्लामा चौतर्फी चर्चा भइरहेको छ ।

बालकको सहयोगमा निर्दोषी मधेश प्रदेशको मुख्यमन्त्री लाल बाबु राउत सहित उच्च व्यक्तित्वहरूसँग सहयोगको लागि जानकारी गराउँदै अपिल समेत गर्नु भएको छ भने मुख्य मन्त्रीले सहयोग प्रति सकारात्मक धारणा राख्नु भएको छ ।

01 46

 

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१