ताजा समाचार

शहिदनगरमा एम्बुलेन्स ल्याइयो, मेयर भन्छ, नगरको जनताप्रति समर्पित छु

  • पुस ८, २०७५
  • ८५४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, ८ पुस । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले विकासको अनूभूति दिनको लागि र विशुद्ध विकासको लागि हरेक तवरबाट जनताप्रति समर्पित रहेको बताए । उनले भने, टेन्डर मार्फत नगरपालिकामा एम्बुलेन्स मगाएको छु । नगरका जनताले चाहेको बेला उपभोग गर्न सकिने छ । नगरपालिकाबाट सदरमुकामसम्म पुग्नको लागि सकडको अवस्था केही सुधार भएपछि र जनताको चाहना अनुसारै एम्बुलेन्स खरिद नगरपालिकाबाट गरेका हौ । त्यसको लागि हामीले टेन्डर आव्हान गरेका थियौ । टेन्डर मार्फत एम्बुलेन्स खरिद गरि ल्याएका छौँ, अब नगरको जनताले आकस्मीक सेवाको लागि शहरतर्फ जानुपर्दा तत्कालै २४ सै घण्टा उपलब्ध हुनेछ । यत्रो ठुलो नगरपालिका भित्र एक मात्र एम्बुलेन्स खरिद गरिएको र जनचाप अत्यधिक भएको प्रसँगमा उनले तत्कालै आवश्यकता महसुस गरी एक एम्बुलेन्स ल्याएको तथा झन सहजता प्रदान गर्नको लागि आवश्यकता परे थप गर्ने बताए । प्रदेशमै विकासको नामले चर्चित शहिदनगर नगरपालिका एवम् मुलुकै कान्छो मेयर बरबरियाले गरेको कार्यहरुप्रति नगरवासी कृतज्ञता प्रकट गरेका छन् । निकै कम समयमा स्थानीय तह सँचालन ऐन बमोजिम कार्य गर्दै नगरका जनतालाई आवश्यकता महसुस गरी समयमै भौतिक पूर्वाधारका समाग्रीहरु तयार गर्न लागेको बताए । नगरमा एम्बुलेन्स आएपछि स्थानीयहरुमा हर्ष छाएको छ । एम्बुलेन्स आएपनि चालकको लागि विधिवत रुपमा आवेदन आव्हान गरी चालक राखेर २४ सै घण्टा सेवा दिने प्रतिवद्धता पनि जाहेर गरे । उनले भने, अहिले पनि विभिन्न अस्पतालद्धारा एम्बुलेन्स सँचालित छ , तर राती १२ बजेपछि फोन गर्दा एउटा नै उपलब्ध हुँदैन, कोही फोन पनि उठाउँदैन, यस्तो अवस्थामा हामीले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राख्नेछौँ । परेको जतिसुकै बेला पनि हाम्रा जनताले सास्ती भोग्न नपरोस् । यो जीउ नगरको जनताप्रति नै समर्पित छ ।
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤