शहिदनगरमा एम्बुलेन्स ल्याइयो, मेयर भन्छ, नगरको जनताप्रति समर्पित छु

  • पुस ८, २०७५
  • ७११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, ८ पुस । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले विकासको अनूभूति दिनको लागि र विशुद्ध विकासको लागि हरेक तवरबाट जनताप्रति समर्पित रहेको बताए । उनले भने, टेन्डर मार्फत नगरपालिकामा एम्बुलेन्स मगाएको छु । नगरका जनताले चाहेको बेला उपभोग गर्न सकिने छ । नगरपालिकाबाट सदरमुकामसम्म पुग्नको लागि सकडको अवस्था केही सुधार भएपछि र जनताको चाहना अनुसारै एम्बुलेन्स खरिद नगरपालिकाबाट गरेका हौ । त्यसको लागि हामीले टेन्डर आव्हान गरेका थियौ । टेन्डर मार्फत एम्बुलेन्स खरिद गरि ल्याएका छौँ, अब नगरको जनताले आकस्मीक सेवाको लागि शहरतर्फ जानुपर्दा तत्कालै २४ सै घण्टा उपलब्ध हुनेछ । यत्रो ठुलो नगरपालिका भित्र एक मात्र एम्बुलेन्स खरिद गरिएको र जनचाप अत्यधिक भएको प्रसँगमा उनले तत्कालै आवश्यकता महसुस गरी एक एम्बुलेन्स ल्याएको तथा झन सहजता प्रदान गर्नको लागि आवश्यकता परे थप गर्ने बताए । प्रदेशमै विकासको नामले चर्चित शहिदनगर नगरपालिका एवम् मुलुकै कान्छो मेयर बरबरियाले गरेको कार्यहरुप्रति नगरवासी कृतज्ञता प्रकट गरेका छन् । निकै कम समयमा स्थानीय तह सँचालन ऐन बमोजिम कार्य गर्दै नगरका जनतालाई आवश्यकता महसुस गरी समयमै भौतिक पूर्वाधारका समाग्रीहरु तयार गर्न लागेको बताए । नगरमा एम्बुलेन्स आएपछि स्थानीयहरुमा हर्ष छाएको छ । एम्बुलेन्स आएपनि चालकको लागि विधिवत रुपमा आवेदन आव्हान गरी चालक राखेर २४ सै घण्टा सेवा दिने प्रतिवद्धता पनि जाहेर गरे । उनले भने, अहिले पनि विभिन्न अस्पतालद्धारा एम्बुलेन्स सँचालित छ , तर राती १२ बजेपछि फोन गर्दा एउटा नै उपलब्ध हुँदैन, कोही फोन पनि उठाउँदैन, यस्तो अवस्थामा हामीले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राख्नेछौँ । परेको जतिसुकै बेला पनि हाम्रा जनताले सास्ती भोग्न नपरोस् । यो जीउ नगरको जनताप्रति नै समर्पित छ ।
 

प्रतिक्रिया दिनुहोस

मैथिल सेवा समाज पूर् ...

ओम प्रकाश यादव लहान वैशाख १७। मैथिली भाषा, संस्कृति र समाजसेवाको संवाहकका रूपमा स्थापित मैथिल स ...

धनगढीमाई–८ मा नवनिर् ...

    ओम प्रकाश यादव लहान वैशाख १७। सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा ...

जनमत पार्टीको बृहत आ ...

ओम प्रकाश यादव लहान वैशाख १६ । सिरहाको धनगढी नगरपालिका-६ (बसनपुर)मा जनमत पार्टीको बृहत आमसभा तथा पार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१