ताजा समाचार

गोलबजारमा फेला परेको बम डिस्पोज : स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चा सहित)

  • पुस ८, २०७५
  • १८७५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०८ पौष । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेका छन् । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिण तर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 
48391498_2207691695961708_2477302896853516288_n

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेकोले त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ ।

49029647_285498785358442_8684441589252096000_n
घटनास्थल भन्दा सय मिटरको दूरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर आवत–जावत बन्द गरेको थियो । बम डिस्पोजपछि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤