मिर्चैया प्रहरीले गरेको सरपराईज चेकिंगमा दर्जनौ सवारीसाधन कारवाहीमा

  • पुस ७, २०७५
  • १९६६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०७ पौष । ईलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको सरपराईज चेकि¨मा दर्जनौ सवारीसाधन कारवाहीमा परेका छन् । खासगरी मोटरसाइकल चालकमा छडापन बढेपछि  चेकि¨मा कडाई गरेर आज (शनिबार) दर्जनौ सबारी साधन नियन्त्रणमा लिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । उनले भने “यहाँ खास गरेर मोटरसाईल चालकमा छाडापन देखिएको छ, मोटरसाइकल चलाउँदा कागजात नबोक्ने, समात्दा लोकल हुँ भन्दै धाक लगाउँने जस्ता क्रियाकलाप बढेकाले चेकजाँचमा कडाई गरेको छु ।” 
48411655_751304828589342_933839577934725120_n
चेकजाँचको क्रममा मोटरसाईकल, ट्रयाक्टर, म्याजिक, जिप लगायत ६ दर्जन भन्दा बढी सबारी साधन नियन्त्रणमा लिएको डिएसपी खनालले बताए । जसमा मोटरसाइकल झण्डै ५ दर्जनको हाराहारीमा रहेको छ । पक्राउ परेका सबारी साधनलाई प्रकृति हेरी कारबाही गरिरहेको उनले दाबी गरे ।
48420887_943252085875047_6527461686956261376_n
दिनहुँ फरक–फरक स्थानमा छड्के चेकजाँच गरी त्यस्ता सबारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको उनले बताए । डिएसपी खनालले ट्राफिक प्रहरी सहित आफै सडकमा चेकजाँचमा खटिएपछि कारबाहीमा पर्ने डरले चालकहरु आफै सर्तक हुन थालेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने, मादक पदार्थ सेबन गरी सबारीसाधन चलाउँने, कागजात नबोक्ने प्रबृति बढ्दै गएकोले आम जनताको सुरक्षा र अपराध नियन्त्रणका विशेष अभियान नै  संचालन गरिएको डिएसपी खनालले दाबी गरे ।  
सबारीसाधन चेकजाँचमा कडाई गरेपछि राजस्वमा समेत बृद्धि भएको छ । 
 
49079287_604077643720504_4081202633329606656_n
48397580_776303129389817_5198322987069079552_n
48396943_1453307911472531_6147554301863526400_n

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१