सिक्रौनमा आगलागी हुँदा दश लाखको क्षति

  • पुस ७, २०७५
  • १०५४ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०७ पौष । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । 
 
48398484_401229833752668_3571895859362660352_n
आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्ट भएको पिडित यादबले बताए । आगलागीमा दुई बटा भैसी र एउटा गोरु जलेर मरेका छन् ।शुक्रबार राति करीब १० बजेमा आगो लागेपछि बारुण यन्त्रलाई खबर गर्दा पनि नआएको स्थानियहरुले आरोप लगाएका छन् । 
49089609_1078894172272770_8008725310969217024_n
यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले खबर पाउँने बितिकै बारुण यन्त्र पठाएपनि आधा बाटोमा जाँदै गर्दा आगो नियन्त्रणमा आएको जानकारी पाएपछि फिर्ता भएको बताए । मेयर यादबले पिडित परिवारलाई तत्काल खाना, लताकपडा र त्रिपालको ब्यबस्था गर्ने बताएका छन् । आगलागीले पिडित परिबार घरबार बिहिनको अबस्थमा पुगेको र पशु चौपाया समेत मरेकोले यस बिषयमा बैठक बसेर निर्णय गर्ने समेत उनले बताए । 
48370788_296312647665328_6579799655914143744_n48416902_346127726186550_4455580681820438528_n

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

छपकैयामा घरदैलो गर्द ...

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि ...

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१