ताजा समाचार

सप्तरीमा कुटपिटबाट एकजनाको मृत्यु, आरोपी फरार, स्थानीयमा आक्रोश

  • पुस २, २०७५
  • १०१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजविराज, पुस २ । शनिबार राति गर्दनमा बञ्चरो प्रहार गरिएका तिलाठी कोइलाँडी गाउँपालिका(१ का पाले पर्शुराम मिश्रको आइतबार राति थप उपचारकका लागि विराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शनिबार राति ड्युटी गरिरहेको बेला स्थानीय शैलेन्द्र मुखियासहितको समूहले उनलाई कार्यालयबाट उत्तरतर्फ लगेर बञ्चरोको पछाडि भागले गर्दनमा हिर्काएर घाइते बनाएका थिए । घाइते मिश्रले हारगुहार गरेपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारको क्रममा नै उनले आफूलाई मुखियासहितको समूहले कुटपिट गरेको बयान दिएका थिए । सगरमाथा अस्पतालमा उनको उपचार हुन नसक्ने भएपछि अस्पतालले मिश्रलाई विराटनगर रिफर गरेको थियो ।
गाउँपालिकाको पाले पर्शुराम मिश्रको मृत्युभएसँगै त्यहाँका बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले राजविराज(कुनौली सडक अवरुद्ध गर्दै अपराधीलाई तुरुन्तै पक्राउ गरी कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र विष्टले मिश्रको हत्यामा शैलेन्द्र मुखियाको संलग्नता रहेको देखिएको उनी घटना लगत्तै फरार रहेकाले खाजी कार्य भइरहेको जानकारी दिएका छन् ।’हामीले घटनामा मुखियाको संलग्नता बारे सूचना प्राप्त गर्ने बित्तिकै खोजी सुरु गरेका थियौं,’ उनले भने, ’फरार आरोपीलाई पक्राउ गर्न जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरेर खोज्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤