चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने

  • साउन २८, २०७९
  • ११४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, चन्द्रौटा, साउन २८ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ l छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ l सो महोत्सव यहि भाद्र २ गते देखि भाद्र १४ गते सम्म रहने आयोजकले जनाएको छ l 

तिज महोत्सव सम्बंधमा आज भएको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अतिथिमा शरद अधिकारी, दिपक खड्का, सनिउल्ला धोबी, सिताराम चौधरी, गीता पौडेल लगायत रहेका थिए l

कार्यक्रममा शुभकामना मन्तव्य छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुका व्यवस्थापक सुमन पौडेलले राख्नुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणमान बज्राचार्यले तिज महोत्सवको शुभकामना सहित महोत्सवमा मौलिक तिजगीत हरू बाट रमाइलो गर्नुपर्ने महोत्सवको प्रचार प्रसार मा पत्रकार हरूको भूमिका महत्वपूर्ण रहने बताउदै कर्यक्रम भव्य र शभ्य तरिकाले मनाउन सबैमा आग्रह गरे l

 

छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको व्यवस्थापन

, यो ठांउको पहिचान जोडेर तिज महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढेको, तिज महोत्सवलाई कला र संस्कृति संग जोडेर तिज पर्वको महत्व दर्साइने छ, महोत्सवमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै शिव लिंग र माइती घर निर्माण गरि सेल्फी जोन बनाइने, टिकटको व्यवस्थापन तथा पार्किंग व्यवस्थापन रहने तिज महोत्सव २०७९ का संयोजक चिन्ता परियारले बताए l कार्यक्रममा बोल्दै अधिकांश वक्ताले तिज महोत्सव सफलताको कामना सहित तिज महोत्सव २०७९ कार्यक्रले तिजको मौलिकता दर्साउने विश्वास व्यक्त गरे l

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१