ताजा समाचार

जथाभावी प्रेस लेख्नेलाई सिरहा पत्रकार महासँघले कारवाही चलाउँने

  • पुस १, २०७५
  • ९३२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान १ पौष । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई बद्नाम गराउँने व्यक्तिलाई नेपाल पत्रकार महासँघ सिरहाले कारवाही चलाउँने भएको छ । नेपाल पत्रकार महासँघ सिरहाको १० औं साधारणसभामा पत्रकारहरुले यस्तो मोटरसाईकलमा प्रेस लेखेर केही व्यक्ति गलत क्रियाकलाप गरिरहेकोले त्यस्तालाई यथाशिघ्र कारवाही गर्न निर्णय गरेको छ ।

नेपाल पत्रकार सिरहाका सभापति दिनेश्वर गुप्ताका सभाध्यक्षतामा भएको सिरहामा रहेको भवनलाई व्यवस्थित गर्दै लहानमा महासँघको लागि नयाँ भवन बनाउँन समिति निर्माण गर्ने निर्णय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादव रहनु भएका थिए भने पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि स्थानीयतहसँग समन्वय गरी कार्य अघि बढाउँने निर्णय गरियो ।

आज भएको साधारणसभाले निस्क्रिय पत्रकारहरुलाई सम्मान दिएर विदाई गर्नुपर्ने र सक्रिय पत्रकारलाई सदस्यता र नविकरण गर्न निर्णय गरिएको छ । साथै, विभिन्न क्षेत्रका स्रष्टाहरुलाई नेपाल पत्रकारले बार्षिक रुपमा सम्मान तथा पुरस्कार प्रदान गरिने कार्य गर्ने निर्णय गरियो । पत्रकार महासँघको कामकाजलाई व्यवस्थित एक जना कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरेको छ । कार्यक्रममा ७५ प्रतिशत महासँघका सदस्य पत्रकार सहभागी भएका थिए ।

कार्यक्रम संचालन सचिव रोयान्टर मण्डल गरेका थिए भने स्वागत मन्तव्य महासँघका उपाध्यक्षद्धय रामबाबु यादव र रिँकु दासले गरेका थिए । कार्यक्रममा सल्लाहकार जीवछ यादव, मधेश पत्रकार महासँघ सिरहाका अध्यक्ष मनोज बनैता, प्रेस सेन्टरका प्रदेश २ अध्यक्ष हिरालाल चौधरी, प्रेस चौतारीका रामभरोसी महतो, प्रेस युनियनका शम्भु यादव, प्रेस फोरमका रवीन्द्र श्रेष्ठ, प्रेस सेन्टर आशे विक, साहित्यकार अर्जुन गुप्ता, दुर्गा परियारलगायतले मन्तव्य राख्नुभएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤