ताजा समाचार

प्रदेश नं.२ का प्रदेश सांसदहरुलाई ८० लाख पेश्की

  • चैत १६, २०७४
  • १३८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १६ । प्रदेशसभा सदस्यको तलब निर्धारण नभएपछि प्रदेशसभा सचिवालयले पेश्कीस्वरूप रकम उपलब्ध गराएको छ। संघीय अर्थ मन्त्रालयबाट प्राप्त बजेटमार्फत प्रदेशसभा सदस्यलाई पेश्कीस्वरूप ८० लाख २५ हजार रकम उपलब्ध गराइएको हो। प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार अधिकांश प्रदेशसभा सदस्यले पेश्की बुझिसकेका छन्। फागुन १५ गतेदेखि नै चेकमार्फत पेश्की वितरण सुरु गरिएको लेखा अधिकृत लालबाबु मिश्रले बताए। चेक बुझ्न बाँकी सदस्यलाई पनि जानकारी गराइसकेको उनले बताए। ७५ हजारका दरले पेश्की रकम उपलब्ध गराएको जनाइएको छ। प्रदेशसभा सदस्यहरूको तलबभत्ता निर्धारण हुन नसकेकाले पेश्कीस्वरूप रकम वितरण गरिएको हो। यस प्रदेशमा १ सय ७ प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, विपक्षी दलका नेतासहितका लागि छुट्टै तलबभत्ता तथा अन्य सुविधा उपलब्ध गराउने प्रावधान रहे पनि हालसम्म यसका विषयमा प्रदेशसभाबाट टुंगो लाग्न सकेको छैन। तलब निर्धारण भएपछि पेश्की फछ्र्योट गर्ने गरी अहिलेलाई रकम उपलब्ध गराइएको लेखा शाखाले जनाएको छ।यो प्रदेशमा १० वटा प्रदेशसभा बैठक बसिसकेको छ। बैठकबाट आर्थिक कार्यविधि पारित भइसकेकाले प्रदेशसभा सचिवालयले आगामी तीन वर्षको अनुमानित खर्च प्रदेश सरकारसँग माग गर्ने तयारी गरेको छ। प्रदेशसभा सदस्यको तलब, बैठक भत्ता, घरभाडा र अन्य सेवासुविधाका लागि बजेट माग गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤