ताजा समाचार

मेडिकल माफियाको शिकार "साक्षी" को मृत्यु, लाहानमा दीप प्रज्वलन

  • मंसिर २९, २०७५
  • १७६२ पटक पढिएको
  • मनोज बनैता
alt

मनोज बनैता, लाहान, २९ मङ्सिर । अस्पतालको चरम लापरबाहीले गर्दा ४ महिने शिशुको ज्यान गएको छ । तिलाठी कोईलाडी गा.पा १ बस्ने सुरेन्द्र कामैत र सोनी रामको एक मात्र सन्तान " साक्षी " को मृत्यु भएको हो । उनको मृत्युको कारण केही समाजिक अगुवाहरु ले शनिबार साझ ५ बजे लाहानको अस्पताल चौकमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएका छन । एक अगुवा गायत्री सिंह को अनुसार दीप प्रज्वलन कार्यक्रम मा विद्यार्थी, समाजसेवी , बुद्धिजीवी लगायत सर्वसाधारणको पनि उपस्थिति रहने छ । अस्पताल र मेडिकल ठेकेदारहरुको कारण ले दिनहुँ साक्षी जस्तो निर्दोष बालबालिकाहरुको मृत्यु हुने गरेको छ ।

साक्षी को मृत्यु को दोषी को ?

एक आर्थिक विपन्न परिवारमा जन्मेकी साक्षी सुरेन्द्र कामैत र सोनी रामको एकमात्र छोरी थिईन । साक्षी जन्मिदा बाउ र आमा घरमा लक्ष्मी आई भनेर असाध्यै खुशी थिए । जन्मेको ३ महिना पछि साक्षी को पिठ्युँमा बिबिरा जस्तो सानो फोका देखियो । उपचारको लागि उनीलाई राजबिराज स्थित "गजेन्द्र नारायण सिंह, अञ्चल अस्पताल " लगियो । अस्पतालले सानोतिनो घाउ हो यसमा कुनै चिन्ता लिनु पर्दैन भनी केही औषधी दिई पठाए र फलोअप मा आउन भने । ४ महिना उपचार गरिएपनी खासै केही सुधार नभएपछी "बि.पि. कोईराला स्वास्थ्य प्रतिष्ठान" धरान लगियो । त्यहाँको १ महिनाको उपचार पश्चात् "ढाड" मा समस्या छ र यसको उपचारका लागि कान्तिबाल अस्पताल काठमाडौको लागि रेफर गरियो। अस्पतालले रोग पहिचान गरि ४ देखि ६ लाख सम्म खर्च हुने जानकारी गरायो। आर्थिक भुमरीमा रहेका साक्षीका आमाबुबा भक्कानो पारेर अस्पताल परिसरमै रुन थाले । आमाबाबु को रोदनले बिटु मिश्रा भ्याट्स लगायत केही मधेसी समाजिक अगुवाहरुको मुटुलाई छोयो । उनीहरू पैसाले कसैको ज्यान जोगिन सक्छ भने हामी पछि हँट्नु हुन्न भन्दै पैसा जम्मा गर्न शुरु गरे । पैसा त जम्मा भयो तर अस्पतालले आफ्नो खुट्टा पछाडी गर्दै भने , हामी सँग उपकरण छैन । उपकरण ल्याउन महिनौँ लाग्न सक्छ । नेपाल भरिमै उपकरण पाईएन, समाजिक अगुवाहरूको दवाव पछि मात्र अस्पताल ले रेफर गर्यो, तर रेफर चाहिँ सिधा गरेन। अस्पतालले पुर्जीमा "पेरेन्टसको दवावमा रेफर गरियो" भनी लेख्यो जसले गर्दा एम्स ले भर्ना लिन मानेका थिएन । जेहोस अथक अनुरोध पश्चात् भर्ना गरियो तर साक्षीलाई दिल्ली लग्दा सम्म उनी गम्भीर अवस्थामा पुगिन र उनीलाई बचाउन सकिएन । डाक्टरले उनीलाई केही दिन अगाडि ल्याएकोभए बचाउन सकिन्थ्यो भने । नेपालको अस्पतालमा साक्षीको ८ महिना खेर गएको थियो । आमाबाउ को मुटु फाट्यो । उनीहरूको हासों र खुसीले भरेको परिवार शोकको माहासागरमा डुबे । अब भन्नुस दोषी को ? सरकारको सिस्ट्म कि साक्षीको आमाबुवा ?

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤