ताजा समाचार

छोराको इन्जिनिरिँग पढ्ने सपना अधुरो, सितालाई हेल्प मधेशीको सहयोग

  • मंसिर २८, २०७५
  • १०७१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान २८ मंसिर । ‘मेरो छोराको इन्जिनियरिँग पढ्ने सपना थियो । तर, उनको पापा कतारमा वित्नुभयो सिता चौधरी भकानिएर रुदैँ भनिन् । उनको पापाको सपना पूरा गर्न छोरालाई इन्जिनियर बनाउँने प्रयासमा छु ।’ र, यो पूरा होला न होला ? तीन छोराछोरीलाई शिक्षाको उज्यालो घाम दिन लागेको छु । उनीहरुलाई स्वदेशमै काम गर्न जोड दिंदै आएको छु । ’‘बैदेशिक रोजगारमा मेरा पति वित्नु भयो ।’ फेरी, भविष्यका सन्तानलाई बैदेशिक रोजगारमा पठाउँन मनले मानेको छैन ।

सिता चौधरीकी पति भागवतलाल चौधरीको २०७५ साउन १३ गते विजुलीको करेन्ट लागेर कतारमा ज्यान त्याग गरे । कतारको सनेहआमा फलाम काट्ने काम गरिरहेको बेला चौधरीलाई विजुलीको करेन्ट लागेर मृत्यू भएको हो । पीडित परिवारलाई राहत स्वरुप आज हेल्प मधेशी दोहा कतारका उपाध्यक्ष उमेश खड्गा यादवको टोली उनको गाउँ लहान १५ बानो पुगेर २१ हजार रकम उपलब्ध गराएका छन् । हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमबाट यस्ता पीडित परिवारलाई प्रत्येक महिना उपलब्ध गराउँदै आएको छ ।

टोलीका शिवकुमार महतोले ‘महिनामा जम्मा भएको पैसा पीडित परिवारलाई राहत स्वरुप रकम र शिक्षालगायतका शिर्षकमा उपलब्ध गराउँदै आएको छु ।’ ‘प्रत्येक महिना ३ देखि ५ जना यस्ता पीडितलाई राहत स्वरुप रकम उपलब्ध गराउँदै छु ।’ हेल्प मधेशी दोहा कतारसँग ३ हजार सदस्य जति आबद्ध छन् । कतारमा पाँच लाख नेपाली कामदार छन् । यस मध्ये एक लाख मात्रै यो सँस्थासँग आबद्ध भयो भने प्रदेश २ को गरिबी निवारणमा ठूलो सहयोग पुग्ने छ । सन् २०१५ देखि हेल्प मधेशी दोहा कतार सक्रिय रहेको छ । आजको राहत कार्यक्रममा प्राध्यानाध्यपक दोस्तबहादुर भट्टराई, वडा सदस्य आनन्द राउत, विरेन्द्र चौधरी, रामप्रसाद चौधरीले नेपाल सरकारले यस्ता घटनाका पीडितको लागि विशेष कार्यक्रम ल्याउँनुपर्ने जरुरी छ । र, हेल्प मधेशीले आज जुन सहयोग गरिएको हो त्यो सराहनीय कार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤