ताजा समाचार

विवाहपञ्चमीको आज अन्तिम दिन, अयोध्याका जन्ती बिदाई गरियो

  • मंसिर २७, २०७५
  • १२०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर २७। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामकलेवा अर्थात् बिदाई गरिएको छ । पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात् बिदाई गर्ने परम्परा अनुरुप आज रामकलेवा मनाइएको हो । विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने चलन छ । बिदाईको क्रममा मधेशको परम्परामा आधारित धोती, पगडी र कुर्ता प्रदान गर्दै बिदाई गरिन्छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत् रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ ।
जानकी मन्दिरको प्राङ्गणमा भएको राम कलेवामा मिथिलाको पहिचान झल्किने सँस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो । गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । रामकलेवा हेर्न जानकी मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤