Siraha Times
ताजा समाचार

मोडल निक्स शर्माको पहिलो थारु म्युजिक भिडियो "चलते चलते" सार्वजनिक

  • साउन १७, २०७९
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी, साउन १७ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन्, नैनासे नैनाको अपार सफलतापछि "चलते चलते" को भिडियो बजारमा ल्याएको छ । भिडियो पृथक रहेको छ। बहु चर्चित नेपाली कलाकार देश बिदेशमा आफ्नो कलाको प्रस्तुति देखाएर धेरै दर्शकहरुको मन जित्न सफल रहेका निक्स शर्माले पहिलो पटक थारु भिडियो "चलते चलते" मा आफ्नो कला प्रस्तुत गरिएको छ । त्यसैगरी मण्डला थिएटर काठमाडौबाट कला शिक्षा पढेर राम्रो अभिनयकर्मी चर्चित कलाकार अनिल कुर्मीको पनि भिडियोमा अभिनय रहेको छ । वहाँले धेरै धेरै भिडियोमा अभिनय गरिसकेका छन ।

फिमेल कलाकारमा चन्द्रकला कटुवालको बेजोड प्रस्तुति देख्न सकिन्छ । नेपाली, भोजपुरी, थारु र हिन्दी भाषाको सर्ट फिल्म/म्युजिक भिडियोमा अभिनय गरेका रामजी प्रजापतिलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियो सन्देश मुलक रहेको छ । समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई समेटेर भिडियो तयार पारिएको छ । यस भिडियोमा लभ (प्यार) मा परेर धेरै जना कुलतमा फस्ने घर परिवारलाई धम्काउने त कतिले ज्यान गुमाउनेसमेत पाइएको छ । यस्ता ब्यक्ति, युवायुवतीलाई यदि यस्तो समस्या पर्यो भने कसरी जीवन यापन गर्ने भनेर भिडियोको माध्यमबाट सन्देश दिएको छ । यो म्युजिक भिडियाेमा - निर्देशक/छायांकन : भुपेन चौधरी, सह- : निर्देशक : अभिषेक सेन, क्यामेरा सहयोगी : अशोक के परियार, मेकप/कस्टुम: उषा चौधरी र प्रोडक्सन म्यानेजरको काम आशिष गुरुङले गरेका छन ।

भिडियो हेर्न लिङ्क खोल्नु होला ।

https://youtu.be/BxFSUJw9V-c

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१