ताजा समाचार

सप्तरीको बलानबिहुलमा बिजुली बलेपछि गाउँमा खुसियाली (फोटोफिचर)

  • मंसिर २५, २०७५
  • १६२६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २५ मंसिर । सप्तरीको सिमावर्ती बलानबिहुल गाउँपालिकामा बिजुली बलेपछि स्थानियबासीमा खुसियाली छाँएका छन् । आज बडा नं. ३ को दुधैला टोलमा पहिलो पटक बिजुली बलेपछि गाउँबासी खुसि भएका छन् । स्थानिय एक बृद्धले भने “आफ्नो जिबनमा विजुली बत्ती बाल्न पाउछु भन्ने विश्वास थिएनन्, तर जनप्रतिनिधि आएपछि बुढेसकालमा विद्युत् बाल्ने सपना पूरा भयो ।” उनले अगाडी थपे “अकाशे पानीको भरमा खेतिपाती गर्ने बाध्यता थियो, अब आएपछि खेतीपाती गर्न सहज हुनेछ ।”
 
गाउँपालिकामा रहेको ६ वटा वडा मध्ये ३ बटा बडामा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । उनले भने “गाउँपालिकामा रहेको ६ बटा बडा मध्ये ३ बटा बडामा बिद्युत सुचारु भएको छ, बडा नं. ३ को टिकुलिया टोलमा मात्र बिद्युत सुचारु गर्न बाँकी छ, अन्य टोलमा सुचारु भईसकेको छ, अब बडा नं. ४, ५ र ६ मा बिद्युत सुचारु हुन बाँकी रहेको छ, उक्त बडाहरुमा पनि चाँडै नै  सुचारु हुनेछ, काम अगाडी बढिसकेको छ ।” 
 
 
 
 
 
विद्युतीकरणका लागि पोलिङ, वायरिङ र ट्रान्सफर्मर खरीद गर्नका लागि ३ करोड २१ लाखमा टेण्डर गरिएको अध्यक्ष गोइतको भनाई रहेको छ । ट्रान्सफर्मर उपभोक्ता समिति मार्फत खरीद गरिएको समेत उनले स्पष्ट गरे । १०० केभीको ८ र ५० केभीको ७ वटा ट्रान्सफर्मर खरीद गरेर बिद्युतीकरणको कामलाई अगाडी बढाईरहेको अध्यक्ष गोइतले बताएका छन् । गाउँपालिकामा जम्मा ४ हजार विद्युत मिटरको आपूर्ती रहेपनि उपभोक्ताले आबेदन दिन ढिलाई गर्दा अहिलेसम्म ७ सय बिद्युत मिटर मात्र जडान भएको उनको भनाई छ ।
 
 
देश लोडसेडिङमुक्त घोषणा भईसकेपनि सप्तरीको बलान बिहुल गाँउपालिकामा बिजुली बल्न सकेको थिएन् । सप्तरीको पश्चिमी दक्षिणी भेगमा पर्ने यस गाउँपालिकाका बासिन्दाले विजुलीको व्यवस्था नहुदाँ आधुनिक सेवा सुविधाबाट बञ्चित हुन पुगेका थिए । उनीहरुको बिजुलीको अभावमा मोवाईल चार्ज र कुटान पिसान गर्न सिमाबर्ती क्षेत्र अथवा अन्य जिल्ला जानु पर्ने बाध्यता थियो । राजनितिक दलका प्रभावशाली नेताहरुको प्रत्यक्ष चासोको क्षेत्र रहेपनि सधै उपेक्षित हुदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤