बसको ठक्कर बाट आमाको मृत्यु छोरा गम्भीर

  • मंसिर २५, २०७५
  • १५४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान मङ्सिर २५ । सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ,भने छोरा घाइते भएका छन। ठाडीबाट लहान तर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको तिरुपति यातायात बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका–५ कुशहा बस्ने ३५ वर्षीया जुमेदा खातुनको घटना स्थलमै मृत्यु भएको र १८ वर्षीय छोरा इरफान राइन घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते इरफानको उपचार लहानमा अवस्थित सेराज पोलिक्लिनिकमा भइरहेको छ। 

तिरुपति यातायातले एक महिना न बित्दै २ जना महिलाको ज्यान लिएका छन। यहि मङ्सिर २ गते लहान नगरपालिका ३ हस्पिटल चौकमा लहान ८ बस्ने स्वर्गीय विशेश्वर महतोको श्रीमती ४० वर्षीय कुमारी महतो लाई ठक्कर दिदा महतोको मृत्यु भएको थियो। खातुन लाई ठक्कर दिने चालक फरार रहेको र बस इलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको र फरार चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। शव लाई पोष्टमार्टम का लागि राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१