ताजा समाचार

बसको ठक्कर बाट आमाको मृत्यु छोरा गम्भीर

  • मंसिर २५, २०७५
  • १६७९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान मङ्सिर २५ । सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ,भने छोरा घाइते भएका छन। ठाडीबाट लहान तर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको तिरुपति यातायात बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका–५ कुशहा बस्ने ३५ वर्षीया जुमेदा खातुनको घटना स्थलमै मृत्यु भएको र १८ वर्षीय छोरा इरफान राइन घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते इरफानको उपचार लहानमा अवस्थित सेराज पोलिक्लिनिकमा भइरहेको छ। 

तिरुपति यातायातले एक महिना न बित्दै २ जना महिलाको ज्यान लिएका छन। यहि मङ्सिर २ गते लहान नगरपालिका ३ हस्पिटल चौकमा लहान ८ बस्ने स्वर्गीय विशेश्वर महतोको श्रीमती ४० वर्षीय कुमारी महतो लाई ठक्कर दिदा महतोको मृत्यु भएको थियो। खातुन लाई ठक्कर दिने चालक फरार रहेको र बस इलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको र फरार चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। शव लाई पोष्टमार्टम का लागि राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤