ताजा समाचार

विद्यालय सुधार गर्न शिक्षा समिति अग्रसर - नगर प्रमुख मुनिसाहको भनाइ

  • मंसिर २५, २०७५
  • ७९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ मङ्सिर २५ । लहान नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७५/ ७६ को शिक्षा कार्यक्रमको वार्षिक अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । लहान नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमा २४ वटै वडाका वडाध्यक्षहरु, प्रधानाध्यापक ,व्यास्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पुस मसान्तसम्ममा लहान नगरपालिकाको सामुदायिक विद्यालयहरुमा व्यावस्थापन समिति गठन गरि सक्नुपर्ने अन्यथा नगपालिकाले तदर्थ समिति गठन गरेर पठाइदिने नगर प्रमुख मुनि साहले जानकारी गराउनु भएको छ । नगरप्रमुख साहले कृत्रिम हाजिरीलाइ निरुत्साहित , विधार्थी नभएको विद्यालयलाइ मर्ज र लहान ५ मा ६० लाखको लगानीमा यस वर्ष सिपमुलक महिला प्राविधिक विद्यालय संचालन संगै पशुपति मावि लाई समेत सुधार गरि ५९ वटै सामुदायिक विद्यालय सुधार गर्न लहान शिक्षा समिति अग्रसर भइरहेको बताउनु भएको छ । कार्यक्रममा शिक्षा संयोजक राज कुमार साह उपप्रमुख सरियार कुमारी चौधरी , विद्यालय निरीक्षक भवानी कटेल , श्रोत व्यक्ति काशिन्द्र प्रसाद यादवले शिक्षा सुधारको लागि रकमको बाँडफाँड र लिनुपर्ने रणनीतिबारे प्रष्टयाउनु भएको थियो ।

Image may contain: 7 people, people sitting

Image may contain: 8 people, including Rakesh Roshan Gupta, people sitting

Image may contain: 9 people, people sitting and crowd

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤