ताजा समाचार

वडा अध्यक्षलाई कारवाहीको माँग गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन

  • मंसिर २४, २०७५
  • १०१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर २४ ।राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेम कुमार यादवमाथी कारवाहीको माँग गर्दै सोमबार राजविराजमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघले प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  वडा अध्यक्ष यादवले हालै स्थानिय एक होटलमा केही व्यक्तिहरुसँग कुरा गर्दै महिलाहरु बारे अश्लिल र आपत्तिजनक अभिव्यक्ति दिएर अमर्यादित र गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै संघको अगुवाईमा निस्केको यूवा र महिलाको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष यादवले दिएको अभिव्यक्ति केही संचारमाध्यमहरुले प्रशारण गरिरहेको भिडियो    र अन्य प्रमाणसहित प्रकाशन र प्रशारण हुन थालेपछि स्थानिय आन्दोलित भएका हुन् । 


संघकी नगर अध्यक्ष ललिता कर्णद्वारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्तिले यतिबेला सम्पूर्ण जनप्रतिनिधि र जिल्लावासीको शीर निहुरिएको तथा चेलीहरुको अपमान भएको उल्लेख गर्दै तत्काल उनलाई निलम्बन र उचित छानबिन गरि कारवाहीको माँग गरिएको छ । यसैगरि सोमबारै वडा अध्यक्ष यादवमाथी कारवाहीको माँग गर्दै नगरवासीको तर्फबाट यूवा र महिलाहरुको अर्को समूहले नगर प्रमुख शम्भुप्रसाद यादवलाई पनि ज्ञापनपत्र बुझाएको छ । 

शिवप्रसाद साह (शिवा) को नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्ति मानव तस्करी र यौन धन्दालाई प्रोत्साहन गर्नुका साथै पदीय मर्यादा विपरीत भएको भन्दै निजलाई सात दिनभित्र निलम्बन नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।दुबै ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोगलाई पनि दिइएको छ । यसअघि अघिल्लो दिन महिला मानवअधिकार संजालले पनि प्रेस विज्ञप्ति जारि गरि सम्पूर्ण महिलाको अपमान हुने गरि आएको वडा अध्यक्षको अभिव्यक्ति बारे आवश्यक छानबिन गरि दोषिमाथी कारवाहीको माँग गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤