ताजा समाचार

मिर्चैया : महिला हिंसा विरुद्ध अभियानलाई सफल बनाउन बिद्यार्थीसंग अन्तरक्रिया

  • मंसिर २४, २०७५
  • १२३९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अभियानलाई थप प्रभावकारी बनाउन आज (सोमबार) मिर्चैयामा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । 
 
“लैगिंक हिंसा र दूव्र्यवहार, : छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा बिद्यार्थीहरुसंग अन्तरिक्रिया गरिएको अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साहले बताए । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताए । 
 
मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनाल, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह र कोषाध्यक्ष रेणु शर्मा लगायतका उपस्थित रहेको थियो । 
 
अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤