सिरहाको ठाढीमा बम विस्फोट हुँदा २ घाईते

  • मंसिर २३, २०७५
  • १२१५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ ।  भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् । बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए । 
 
गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ । पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।  बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१