ताजा समाचार

गोलबजार व्यापार संघमा महासचिव वाहेक अग्रवाल प्यानल सहित विजयी

  • मंसिर २३, २०७५
  • ११७४ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको गोलबजार व्यापार संघको नयाँ कार्यसमितिको लागि भएको चुनावमा महासचिव बाहेकका पदमा भरत अग्रवालको प्यानल विजयी भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा अग्रवालले ९ सय ९८ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी जीबछ साहले ५ सय ७२ मत प्राप्त गरेर हार बेहोरेका छन् । अग्रवालले ४ सय २६ मतले अध्यक्षमा विजय भएको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । 

अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्षमा महेश साह सुडीले ७ सय ७२ मत ल्याई विजयी भएका छन् भने निकटम प्रतिद्धन्दी अशोक साहले ७ सय ६६ मत प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी द्वितिय उपाध्यक्षमा आनन्द कुमार यादवले ७ सय ९२ मतल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी रमेश कुमार श्रेष्ठले ७ सय ५६ मत ल्याई पराजित भएका छन् । महासचिवमा जिबछ साह प्यानलबाट राकेश साहले ७ सय ७३ मतका साथ विजयी भएका छन् भने  निकटतम प्रतिद्वन्दी अग्रवाल प्यानलका सोहेव अनवरले ७ सय ६० मत ल्याएर हार बेहोरेका छन् । कोषाध्यक्षमा विजय कुमार साहले ९ सय ९ मत ल्याएर बिजयी भएका छन् भने निकटम प्रतिद्धन्दी बिजय साहले ६ सय ३६ मत ल्याई पराजित भएका छन् । सचिवमा अरुण कुमार सिंहले ८ सय मत ल्याएर विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्दी सुशिल कुमार महतोले ६ सय ८४ मत ल्याई पराजित भएका छन् । 

 

 
त्यसैगरी महिला सदस्यमा समृका देवी महतोले ६ सय ७० मत ल्याई जिययी भएका छन् भने रेखा कुमारी तामाङ्गले ५ सय ७३ मत प्राप्त गरी पराजय भएका छन् । सदस्यहरुमा कपिलदेव साहले ८ सय १५, दिपेन्द्र कुमार राउतले ६ सय ३३, रामकृपाल साहले ७ सय ९९, हिरादेवी यादवले ७ सय ४९, अनिल कुमार लामाले ७ सय ९६, दिनेश कुमार नायकले ८ सय ४८ र बैजनाथ शर्माले ८ सय १६ मत ल्याई विजय भएका छन् । 
 
संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । जसमा २० मत बदर भएको निर्बाचन अधिकृत सिंहले बताए । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤