ताजा समाचार

गोलबजार व्यापार संघमा अग्रवालको २ सय ३३ मतले अग्रता

  • मंसिर २२, २०७५
  • १५७२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २२ मंसिर । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । 
 
मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्ष महेश साह सुडीले ४ सय  द्धितीय उपाध्यक्ष आनन्द कुमार यादबले ३ सय ९३, महासचिब सोहेब अनबरले ४ सय ११, कोषाध्यक्ष बिजय कुमार साहले ४ सय ७२ र सचिब अरुण सिंहले ४ सय २८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यहरुमा समृका कुमारि महतोले ३ सय ८४, विनोद कुमार साहले ४ सय २५, कविलदेव साहले ४ सय १८, दीपेन्द्र कुमार राउतले ४ सय ३६, रामश्रृंगार साह तेलीले ४ सय २६, हिरा यादवले ३ सय १, अनिल कुमार लामाले ४ सय १४, दीनेश कुमार यादवले ४ सय २२ र बैजनाथ शर्माले ४ सय २३ मत प्राप्त गरेका छन् । 






 
यता, साह प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक साहले ३ सय ६७, द्धितीय उपाध्यक्षमा रमेश कुमार श्रेष्ठले ३ सय ८१, महासचिबमा राकेश प्रसाद साहले ३ सय ९७, कोषाध्यक्षमा बिजय कुमार साहले २ सय ९९ र सचिबमा सुशिल कुमार महतोले ३ सय १८ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी, सदस्यहरुमा रेखाकुमारी तमांगले २ सय ७२ मदन कुमार साहले ३ सय २८, सतिश चन्द्र सिंहले ३ सय ४०, रामकुमार साहले ३ सय २०, राकेश कुमार यादवले ३ सय ३४, वीरेन्द्र महतोले ३ सय ७२, प्रमोद कुमार साहले ३ सय ३५, समिम मियाँले ३ सय १२ र उमेश कुमार सिंहले ३ सय १५ मत प्राप्त गरेका छन् ।  
 
शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । मतगणना अबेररातीसम्म जारी रहने निर्बाचन अधिकृत सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤