ताजा समाचार

गोलबजार व्यापार संघको मतदान सम्पन्न : ९ बजे रातिदेखि मतगणना हुने

  • मंसिर २१, २०७५
  • १२९८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २१  मंसिर । सिरहाको गोलबजार व्यापार संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेका छन् । संघमा १७ सय ७३ मतदाता रहेको मध्ये १६ सय ३ मतदाताले मतदान गरेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । आज विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ९०.९२ प्रतिशत मत खसेको उनले बताए । मतगणना आजै राति ९ बजेदेखि हुने निर्बाचन अधिकृत सिंहले बताएका छन् । संघको संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । 
भरत अग्रवाल अध्यक्ष रहेको प्यानलबाट महेश साह प्रथम उपाध्यक्ष, महेश यादव व्दितिय उपाध्याक्ष, विजय कुमार साह कोषाध्यक्ष, सोहेव अनवर महासचिव र  सचिवमा अरुण कुमार सिंह चुनावी मैदानमा रहेका छन् । त्यसैगरी, महिला सदस्यमा समृका कुमारि महतो र सदस्यहरुमा विनोद कुमार साह, कविलदेव साह, दीपेन्द्र कुमार राउत, रामश्रृंगार साह तेली, हिरा यादव, अनिल कुमार लामा, दीनेश कुमार यादव, बैजनाथ शर्मा रहेका छन् । 
 
यता, जीवछ साह अध्यक्ष रहेको प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक कुमार साह, व्दितिय उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार साह, महासचिवमा राकेश प्रसाद साह, सचिव सुनिल कुमार महतो, महिला सदस्यमा रेखा कुमारी तामाङ्ग चुनावी मैदानमा रहेका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः मदन कुमार साह, सतिश चन्द्र सिंह, रामकुमार साह, राकेश कुमार यादव, वीरेन्द्र सिंह, प्रमोद कुमार साह, समिम मियाँ, उमेश कुमार सिंह रहेका छन् ।
 
स्वतन्त्रको रुपमा रामकुमार सिंह सचिव पदको लागि मैदानमा छन् भने विनोद कुमार दहाल र हरिकिशोर साहले सदस्य पदका लागि चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤