ताजा समाचार

मिर्चैया : मदिरा व्यवसायी संघको पहिलो बैठक सम्पन्न

  • मंसिर २१, २०७५
  • १५१६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २१ म्ंसिर । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ । यहि मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा दर्ता भएको मदिरा व्यवसायी संघको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिजय कुमार साह, द्धितीय उपाध्यक्षमा कैलाश कुमार साह, महासचिबमा प्रदिप चौधरी, सचिबमा सरोज कुमार साह, कोषाध्यक्षमा बिपिन साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रेखा कुमारी तमा¨, अमरदिप कुमार साह, प्रदिप कुमार मंडल, निलेश कुमार श्रेष्ठ र सुमित्रा लामा रहेका छन् । सदस्यमा दुई जनाको नाम अर्को बैठकले तय गर्ने निर्णय भएको संघले जनाएको छ । 
 
संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा विहिबार बसेको बैठकले सल्लाहकारमा दुई जनालाई मनोनित गरेका छन् । मनोनित हुनेहरुमा नागेन्द्र प्रसार साह र सुनिल कुमार साह रहेका छन् । संघका अन्य सल्लाहकारहरुमा नारायण कुमार श्रेष्ठ, सहदेब साह र दिनेश कुमार गुप्ता रहेका छन् । 
 
बैठकमा संघलाई महासंघमा आवद्धता गराउने र समाज कल्याण परिषदमा दर्ता गराउने सम्बन्धमा गहन छलफल गरिएको थियो ।  मदिरा व्यवसायीलाई सहयोग गर्ने उदे्श्यले संस्था दर्ता गराएको संघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤