मिर्चैया : मदिरा व्यवसायी संघको पहिलो बैठक सम्पन्न

  • मंसिर २१, २०७५
  • १३३१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २१ म्ंसिर । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ । यहि मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा दर्ता भएको मदिरा व्यवसायी संघको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिजय कुमार साह, द्धितीय उपाध्यक्षमा कैलाश कुमार साह, महासचिबमा प्रदिप चौधरी, सचिबमा सरोज कुमार साह, कोषाध्यक्षमा बिपिन साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रेखा कुमारी तमा¨, अमरदिप कुमार साह, प्रदिप कुमार मंडल, निलेश कुमार श्रेष्ठ र सुमित्रा लामा रहेका छन् । सदस्यमा दुई जनाको नाम अर्को बैठकले तय गर्ने निर्णय भएको संघले जनाएको छ । 
 
संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा विहिबार बसेको बैठकले सल्लाहकारमा दुई जनालाई मनोनित गरेका छन् । मनोनित हुनेहरुमा नागेन्द्र प्रसार साह र सुनिल कुमार साह रहेका छन् । संघका अन्य सल्लाहकारहरुमा नारायण कुमार श्रेष्ठ, सहदेब साह र दिनेश कुमार गुप्ता रहेका छन् । 
 
बैठकमा संघलाई महासंघमा आवद्धता गराउने र समाज कल्याण परिषदमा दर्ता गराउने सम्बन्धमा गहन छलफल गरिएको थियो ।  मदिरा व्यवसायीलाई सहयोग गर्ने उदे्श्यले संस्था दर्ता गराएको संघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१