ताजा समाचार

मिर्चैया : पतंजली योग समितिको भवन शिलान्यास

  • मंसिर १९, २०७५
  • १०३९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १९ मंसिर । सिरहाको मिर्चैयामा पतंजली योग समितिको भवन एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ । योगलाई निरन्तारता दिनका लागि मिर्चैया नगरपालिका बडा नं. ८ स्थित भबनको सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य दिलिप साहले मंगलबार शिलान्यस गरेका छन् । भवन शिलान्यास गर्दै  सांसद साहले संसदीय बिकास कोषको १४ लाख रकम भवन निर्माण लागि सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका छन् । उक्त क्रममा भवन निर्माणका लागि बिभिन्न ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 
 
भवनका लागि रामभरोस साह मेमोरियल ट्रष्ट मिर्चैयाका अध्यक्ष तथा समाजसेवी रामप्रताप साह (भोला) ले दुई कठ्ठा जग्गा दान गरेका छन् ।  जग्गाको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको बताइएको छ । भवनको निर्माण २०७५ भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । 
 
मिर्चैया नगरपालिका बडा नं. ८ का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षता तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं. २ का प्रमुख हरिहर चौधरी, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, सचिव रामप्रताप यादव, सल्लाहकार प्रदीप तिवारी, सिकिया यादब, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी लगायत व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पतंजली योग समिति मिर्चैयाको आयोजना भएको कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤