ताजा समाचार

मिर्चैया– झन्डा मेला महोत्सव समापन : बिभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

  • मंसिर १८, २०७५
  • १३२८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १८ मंसिर । सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सबमा आयोजकद्धारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् । मिर्चैया ५ स्थित झन्डा टोलमा सम्पन्न श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन सोमबार आयोजकले  मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी, नागरिकसमाज, बुद्धिजिबी, प्रशासन, संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेका छन् । 
 
मेला समितिका अअध्यक्ष राजेन्द्र साहको अध्यक्षता तथा मिर्चैया जेष्ठ नागरिक समाजका अध्यक्ष राधाकृष्ण साहको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान गरिएको समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 
मेलाको अन्तिम दिन मनोरंजनका लगि हेलो मधेश लाईभ कन्सर्ट कार्यक्रम अयोजना गरिएको थियो । जसमा चर्चित गायक राम मण्डल, भागवत मण्डल, सन्नु कुमार, कमला मण्डल जस्ता कालाकारहरुको रंगारंग प्रस्तुति रहेका थिए । 
 
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले मंसिर ११ गतेदेखि सुरु भएको मेला महोसबमा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको थियो । मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस लगायतका खेलतमाशाको समेत आयोजना गरिएको थियो । 

आज बिधिबत रुपमा सम्पन्न भएको महोत्सवको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको थियो ।

 
 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤