ताजा समाचार

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवस मनाइँदै

  • चैत १६, २०७४
  • ६३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १६ । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार विभिन्न कार्यक्रम हुँदैछन् । पत्रकारिताप्रति रुचि बढ्दै गएको पाइए पनि पेशागत सुरक्षा र समयमा तलब नपाउने जस्ता कारणले गुणस्तरीयता बढाउने चुनौती थपिदै गएको छ । अहिले पत्रकारको पारिश्रमिक गुणस्तरीयताको बृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गरिरहेको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । पेशागत सुरक्षा र आमसञ्चार क्षेत्रको पुर्नसंरचना अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । दिवसको अवसरमा महासंघले शुक्रबार पूर्व अध्यक्षहरुलाई सम्मान तथा चियापान कार्यक्रम समेत आयोजना गरेको छ । 

यस्तै जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । संघीय संरचना अनुसार आउँदो बैशाख २२ गते सातवटै प्रदेशमा पत्रकार महासंघको प्रदेश कमिटिको चुनाव हुँदैछ । यस पटकदेखि नयाँ व्यवस्था गर्दै महासंघले सबै जिल्लाबाटै मतदान गर्न सकिने व्यवस्था गरेको छ ।पत्रकार महासंघका सबै सदस्यले आफ्नो सदस्यता रहेको जिल्लाबाट मतदान गर्न पाउनेछन् । यसपटकदेखि प्रदेश कमिटिमा पार्सदले मात्र मतदान गर्न पाउने व्यवस्था खारेज गर्दै सबै सदस्यले मतदान गर्न पाउने व्यवथा गरिएको हो । अहिले १३ हजार पत्रकारले महासंघको सदस्यता लिएका छन् भने झण्डै ७ हजार विना सदस्यता काम गरिरहेका छन् । पत्रकारिता गरिरहेकाले सदस्यता नपाएको तर पत्रकारिता बाहेकको क्षेत्रका व्यक्तिले भने सदस्यता पाएको भन्दै महासंघमा सदस्यता सुद्धिकरणका लागि पटकपटक आवाज उठ्ने गरेको छ ।अहिले पत्रकारितामा २२ सय महिला पत्रकार सक्रिय रहेको र पछिल्लो समय पत्रकारितामा सक्रिय महिलाको संख्या वृद्धि हुन थालेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤