ताजा समाचार

गोलबजार उद्योग वाणिज्य सँघमा भरतको उम्मेदवारी ?

  • मंसिर १३, २०७५
  • १५३५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक गोलबजार, १३ मंसिर । सिरहाको गोलबजारमा व्यापारीको निर्वाचनको माहौल तातिएको छ । व्यापारीहरुको विशुद्ध संस्थाको रुपमा रहेको गोलबजार उद्योग वाणिज्य सँघमा कम्युनिष्ट र काँग्रेसले राजनीतिक चलखेल गरिरहेको अवस्थामा उद्योगी व्यापारी प्रेमी भरत अग्रवालले स्वतन्त्र उम्मेवारी दिने तयारीमा लागेका छन् ।

अध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका भरत अग्रवालले ‘मेरो उम्मेदवारी व्यापारीको हकहीतको लागि हो ।’ ‘यहांका अधिकाँश व्यापारी स्वतन्त्र रुपमा व्यापार गरिरहेका छन् ।’ ‘राजनीतिक रँग दिएर व्यापार सम्भव नरहेकोले उनीहरुको हकहीतको लागि मेरो उम्मेदवारी हो ।’ गोलबजारमा उद्योग वाणिज्य सँघमा २ हजार ४५ सदस्यले चिर्वाचनमा सहभागि हुने तयारी रहेको छ । उनले भने ‘मेरो पक्षका व्यापारीलाई निरुत्साहित गर्नका लागि केहि ब्यक्तिले हल्ला फैलाएको छ । यस्ता मिथ्या भ्रममा नपर्न आग्रह छ । म सबैलाई आग्रह गर्न चाहन्छु भरत अग्रवालको उम्मेदवारी कुनै पनि हालतमा हट्दैन । म कसैसंग कुनै सम्झौता गरेका छैन ।’ किनकी ‘यहाँका व्यापारीले मलाई उद्योग वाणिज्यको अध्यक्षको उम्मेदवारी तय गरिसकेका छन् । म व्यापारीको विरोधमा जान नसकिने प्रतिबद्धता गर्न चाहन्छु ।’

अग्रवालले स्वतन्त्रबाट अध्यक्ष पदका लागि उम्मेदबारी दिने निश्चित भएको उनका निकटका व्यापारीहरुले समेत बताएका छन् । गोलबजारको चुनावमा अहिले दुईपक्षले मैदानमा आउने तयारीमा लागेका छन् । गोलबजार उद्योग वाणिज्य सँघले चुनावका लागि उम्मेदबारी दर्ता मंसिर १६ गते र मतदान २१ गते गर्ने कार्यकातालिका तयार गरेको छ । उम्मेदवारी अगावै गोलबजारमा चुनावी माहौल तातिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤