ताजा समाचार

मिर्चैयामा महाविर झण्डा मेला सुरु : आज कलश–शोभा यात्रा

  • मंसिर ११, २०७५
  • २७०९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ११ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आजदेखि सुुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव मंसिर १७ गतेसम्म चल्ने छ । महोत्सबको पहिलो दिन आज महाबिरको झण्डा ठडयाईएको छ भने मिर्चैयामा बिशाल कलश शोभा–यात्रा गरिएको छ । 
 
गाँजाबाजा सहित मेला स्थलबाट निस्किएका कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय बतहा खोलामा जल भरेर पुनः मेला स्थलमा पुगि स्थापित गरिएको छ । मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको समितिका अध्यक्ष राजेन्द्र साहले बताए । 
 
 
 
 
मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका खेलतमाशाको आयोजना गरिएको  समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 
महोत्सवको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤