ताजा समाचार

महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

  • मंसिर ११, २०७५
  • ३६९४ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ११ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैयामा प्रभातफेरी सम्पन्न गरिएको छ ।
 
“लैगिंक हिंसा र दूव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको परिसरबाट निकालिएको प्रभातफेरी स्थानिय कटारी चौक हुदै नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु आवश्यकता रहेको बताएका छन् । महिलालाई अगाडी बढ्न अवरोध खडा गर्ने परिपाटी परिवर्तन गरी भेदभावमुक्त समाज निर्माण गर्नेतर्फ सबैलाई क्रियाशील हुनुपर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नाबय उपरिक्षक सुकदेव खनालले बताए । अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ ।
 
 
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बिभिन्न बडाका बडाअयक्ष, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह, कोषाध्यक्ष रेणु शर्मा, दलित महिला संघका जिल्ला अध्यक्ष शान्ति पासमान, क्रियाशिल महिला पत्रकार संजाल प्रदेश नं २ का संयोजक निर्माला दहाल लगायतका उपस्थित रहेको थियो ।
 
 
अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤