ताजा समाचार

अदालतको अवज्ञा गर्दै व्यवसायीको संरचना भत्काइयो

  • मंसिर ९, २०७५
  • १६७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, मङ्सिर ९ । धनगढीमाई नगरपालिकाले उच्च अदालत जनकपुर राजबिराज इजलासको अवज्ञा गर्दै एक व्यवसायीको भौतिक संरचना भत्काएका छन्। उच्च अदालत जनकपुर राजबिराज इजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिवार उधोग वाणिज्य संघ सिरहाका पुर्व अध्यक्ष तथा व्यवसायी अशोक कुमार अग्रवालको घरगोदामको मुल गेट , मन्दिर र पर्खाल भत्काएको छ ।धनगढीमाई नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको घरगोदाम, भौतिक संरचना र जग्गामा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै व्यवसायी अशोक कुमार अग्रवालले उच्च अदालत राजबिराजमा उत्प्रेषण मिश्रित परमादेश माग गर्नुभएको थियो ।

अग्रवालले माग गरेको निवेदनउपर उच्च अदालतले धनगढीमाई नगरपालिकाको नाममा २०७५ असार १० गते सुनुवाई गर्दै प्रचलित नेपालको कानूनी प्रक्रिया नअपनाई गैरकानूनी ढङ्गबाट कसैको निजि सम्पतिमा आघात पार्ने, क्षति पु¥याउने लगायत कुनै कानून विपरित कार्य गर्न अधिकार नभएकोले निवेदक अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको भौतिक संरचना लगायत जग्गामा समेत आघात पर्ने वा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो।

धनगढीमाई नगरपालिकाले अदालतको आदेश विपरित कुनै कानूनी प्रक्रिया नअपनाई एक्कासी शनिवार विहान ८ः४० बजेतिर आफ्नो स्वामित्वमा पर्ने गोदामघरको मुलगेट, पर्खाल र पर्खालसँग जोडिएको मन्दिर भत्काएर अदालतको अवहेलना गरेको अग्रवालले आरोप लगाएका छन। मेरो स्वामित्वको सम्पतिमा रहेको मुलगेट, पर्खाल र मन्दिर समेत भत्काउन थालेको खबर पाई रोक्न त्यहाँ पुगेका मेरा छोराहरु आदित्य र सिद्धिराजलाई समेत नगर प्रमुख हरिनारायण चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र उहाँका मान्छेहरुले कुटपिट गरे, उहाँले भन्नुभयो ।

अदालतमा यसबारेमा मुद्दा चल्दैछ कमसेकम अदालतको फैसला त पर्खनुस भन्दै थिए उनीहरुले ममाथि आक्रमण गर्न थालिहाले, निवेदकका छोरा आदित्यले भन्नुभयो, अदालतको कुरा मान्दैनौ हामीलाई विकास गर्नुछ भन्दै उनीहरुले मलाई कुटपिट गरेर मुलगेट, पर्खाल र मन्दिर भत्काउन सुरु गरेको पत्रकार सम्मेलनमा बताएका छन।अग्रवालले अदालतको आदेशको अवज्ञा गर्दै नगर प्रमुख चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र धनगढीमाई नगरपालिकाले सम्पत्ति अतिक्रमण गरेकोले आफू न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने बताउनुभयो ।

यता धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले अदालती प्रक्रिया निकै लम्बिने र फैसला हुन समय लाग्ने भएकोले विकास निर्माणमा गतिरोध आउने कारण मुलगेट, पर्खाल र मन्दिर भत्काएको स्वीकार्नुभयो । ‘हामीले अदालतको आदेशको अवज्ञा गरेका छैनौ, मुलगेटभित्र १५ फिटसम्म ऐलानी जग्गा पर्छ’, उहाँले भन्नुभयो–त्यो ऐलानी जग्गा अग्रवालको स्वामित्वभित्र नपर्ने भएकोले हामीले भत्काएका हौं उहाको तर्क छ।

Image may contain: sky and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤