कमलामा बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते (फोटोफिचर)

  • मंसिर ७, २०७५
  • १५०२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, ०७ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका बडा नं. २ स्थित कमला नदिको पुर्बी किनारमा विहिबार साँझ बस दुर्घटना हुँदा सर्लाही हरिपुर नगरपालिका बडा नं. ९ का ४५ वर्षीय जगदिश ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए । 

सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा पूर्णीमा स्नान अर्थात भुत मेला भर्न सर्लाहीबाट आएका तिर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनालले जनाएको छ । 

 
घाइतेमध्ये गम्भिर अवस्था रहेका ३ जनालाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र अन्यको कर्जन्हा स्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भईरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले जानकारी दिएका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१