ताजा समाचार

कमलामा बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते (फोटोफिचर)

  • मंसिर ७, २०७५
  • १७१८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, ०७ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका बडा नं. २ स्थित कमला नदिको पुर्बी किनारमा विहिबार साँझ बस दुर्घटना हुँदा सर्लाही हरिपुर नगरपालिका बडा नं. ९ का ४५ वर्षीय जगदिश ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए । 

सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा पूर्णीमा स्नान अर्थात भुत मेला भर्न सर्लाहीबाट आएका तिर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनालले जनाएको छ । 

 
घाइतेमध्ये गम्भिर अवस्था रहेका ३ जनालाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र अन्यको कर्जन्हा स्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भईरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले जानकारी दिएका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤