ताजा समाचार

म बस्ने निबास अमेरिकी राष्ट्रपतिको निबास भन्दा कम हुनु हुदैन : राष्ट्रपति

  • मंसिर ५, २०७५
  • १०९५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर ४ । राजनीतिक विश्लेषक एवम् प्रध्यापक केशवप्रसाद भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको निवास अमेरिकी राष्ट्रपति बस्ने ह्वाइट हाउसभन्दा कम हुनुहुन्न भन्ने व्याङ्ग्य गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर भट्टराईले यत्रो महान गणतन्त्रका राष्ट्रपतिको निवास नारायणहिटी भन्दा विशाल र भव्य हुनु परेन त ? भनेर व्याङ्ग्य गरेका छन् । शीतल निवाससँगै जाडिएको नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठानलाई हटाएर त्यो जग्गा राष्ट्रपति कार्यालयलाई दिने सरकारी निर्णय आएको विरोधमा आलोचना भैरहेका बेला भट्टराईले पनि व्याङ्गात्मक शैलीमा असन्तुष्ष्टि जनाएका छन् । ‘सदर प्रहरी तालिम केन्द्र मात्रै होइन, सडक पारीपट्टिको (पूर्वपट्टिको) भैरवनाथ गण रहेको स्व. श्री ३ मोहन शमशेरको निवासको रूपमा रहेको दरवार क्षेत्रमा पनि राष्ट्रपति निवास र कार्यालय विस्तार गरिनु पर्दछ’, उनले भनेका छन् ।

‘टिचिङ र कान्ति बाल अस्पतालमा बिरामी ल्याउने एम्बुलेन्सको आवाज, दिनहुँ हजारौंको संख्यामा हुने बिरामीहरू र परिवारका सदस्यहरूको ओहोर दोहोरले पनि राष्ट्रपति निवास र कार्यालयको शान्ति र अमन चयनमा बाधा पु¥याउने भएकोले उक्त अस्पतालहरू पनि अन्यत्रै सारिनु पर्दछ’, भट्टराईले कम्युनिस्ट सरकारलाई सुझाव दिएका छन् । उनले व्याङग्य गर्दै भनेका छन्, ‘सुरक्षाको दृष्टिकोणले अगाडिको सडकमा पनि सार्वजनिक यातायातको संचालनलाई बन्द गरेर लैनचौरबाट सामाखुशी हुँदै रिङ्ग रोड छुने बाटो प्रयोग हुनु उपयुक्त देखिन्छ ।उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति भवन संसारकै सबैभन्दा बढी क्षेत्रफलमा विस्तारित र सबैभन्दा भव्य हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤