ताजा समाचार

सिरहामा एक बर्षमा ५४ बलात्कारको घटना सार्वजनिक

  • मंसिर ४, २०७५
  • १०२१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ४ मंसिर । सिरहामा एक बर्षमा ५४ बलात्कारको घटना सार्वजनिक भएको छ । जसमा २२ वटा बलात्कार प्रयासको घटना रहेको छ । जनवरी २०१८ देखि अक्टुबर सम्म जिल्लामा संकलन गरेका मानवअधिकार उलंघन र ज्यादतीका संकलित घटनाहरुका विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको हो ।वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले दिएको जनकारी अनुसार जनवरी २०१८ देखि अक्टुबर सम्म संकलन गरेका ९१ वटा मानवअधिकार उलंघन तथा ज्यादतीका घटनाहरुभएको दावी गरिएको छ ।

एक वर्षको अबधिमा सिरहा जिल्लामा बलात्कारका ३२ ओटा, बलात्कार प्रयासका २२ ओटा, बहुबिबाहका ११ वटा लगायतका ९१ वटा घटनाहरु रहेका छन । जसमा ९० महिला सहित ९९ जना पीडित भएको परियारले जनाए । कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले इन्सेकको वर्ष पुस्तकले राज्यको उपस्थिती कहाँ कस्तो रहेको प्रष्ट हुने भएकोले कमजोरी सच्याउन सहयोग पुग्ने बताए । महिला हिंसाका घटनाहरु बृद्धि भएकोले यसको रोकथामको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताए । वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएकोले यसमा मानवअधिकारका सम्पुर्ण बुदाहरुलाई समेटेर प्रकाशन गर्न डिएसपी थापाले सुझाब दिएका थिए । कार्यक्रमका सहभागिहरुले प्रतिबेदनले बलात्कारका घटनाहरु बढको प्रति गम्भिर ध्यानाकर्षण भएकोले न्यूनिकरण तर्फ सबै सरोकारवालाहरु मिलेर साझा रणनिति बनाउन सबैले पहल गर्न सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤