ताजा समाचार

अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने डिएसपी खनालको उद्घोष

  • मंसिर २, २०७५
  • ७१२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०२ मंसिर । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका गरेका छन् । केहि दिनअघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आएका डिएसपी खनालले शनिवार कार्यालय परिसरमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा जनतालाई शान्ति, सुरक्षाको अनुभुति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । गुण्डागर्दी, तस्करी, वेश्याबृति, समाजिक बिकृति, लागुऔषधको कारोवार, लुटपाट लगायतका गतिबिधिहरुलाई नियन्त्रण गर्ने उनले दाबी गरेका छन् ।  
 
उनले भने “यस ईलाकाको जिम्मेवारी दिएर मलाई पठाएको छ, कानुनको अधिनमा रही म काम गर्छु, तपाईहरुलाई यसमा सहयोग गर्नुपर्छ ।” अगाडी उनले थपे “यहाँ चार महिनामा चारजना कार्यालय प्रमुख फेरिएछ, यो राम्रो संकेत होईन, यसमा तपाई स्थानिय जनप्रनिधि, राजनितिकर्मीहरुलाई पनि आ–आफ्नो स्थानबाट सोच्नु पर्ने अवस्था आएको छ ।” अपराध गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्ने बताउँदै डिएसपी खनालले अपराधिलाई छुटाउनका लागि प्रयास नगर्न सवैलाई आग्रह गरे । नागरिकहरुको हातेमालोले मात्रै अपराध मुक्त समाज निमार्ण हुने भएकाले अपाराधिको वकालत नगर्न आग्रह गर्दै उनले जनताको सुरक्षाको सवालमा आफु पछाडी नपर्ने स्पष्ट गरे । 
 
डिएसपी खनालले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको माध्यमले  समाजमा हुने अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुको साथै सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने बताए । समाजमा हुने अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले स्थानिय नागरिकहरुलाई सहयोगको आवश्यक्ता रहेको उनले औल्याएँ । 
 
कार्यक्रममा डिएसपी खनालको साथै सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरीका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, उपमेयर जिबछीदेवि साह, बिभिन्न बडाका बडाअध्यक्षहरु, राजनितिकर्मी, ब्यापारी, स्थानियवासी, संचारकर्मी लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤