Siraha Times
ताजा समाचार

एक महिनाभित्र सिरहामा सात बलात्कारको घटना सार्वजनिक

  • मंसिर १, २०७५
  • ७१० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १ मंसिर । सिरहामा कात्तिकको पहिलो सत्तामा चार बलात्कारको घटना सार्वजनिक भएको छ । अधिकतम बलात्कारको घटना चाडपर्वको दिन भएको हो । सिरहाको सुखीपुर २ मा एक २६ वर्षीया महिलालाई कात्तिक २७ गते बलात्कार गरेको सार्वजनिक भएको छ । बलात्कार भएको दूई दिनपछि उजुरी परेको प्रहरी बताएका छन् । उजुरी परेपछि सोही दिन सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रण लिएको छ । यसैगरी भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुवै जनालाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।

उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम नखुलेको डिएसपी थापाले बताए ।

उता, गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको छ भने आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको दावी गरिएको छ । पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको थियो ।

यस्तै, वरियारपट्टीमा एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

यता, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी प्रहरीमा उजुरी परेको छ । उता, सिरहामा दुर्गा मेलाको नाच हेर्ने क्रममा एक युवतीलाई स्थानीय केही युवाले बलात्कारको प्रयास गरेको छ । सो घटनाको प्रहरीमा उजुरी परेको छैन ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१