बरियापट्टिमा चोर र तस्करलाई मस्ती, प्रहरी मौन

  • कार्तिक ३०, २०७५
  • ७५० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

मुकेश यादव लहान, २९ कात्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका वडा ३ खेतीकिसानीको लागि प्रयोग हुने उपकरण चोरी हुन थालेको छ । वरियारपट्टी प्रहरीको सक्रियता कम भएपछि त्यस क्षेत्रमा यस्ता घटना हुन थालेको स्थानीयहरु बताउँछन् । कात्तिक २८ गते राति सुरेशकुमार यादवको ४ ईन्चको पानी तान्ने मोटर चोरी भएको छ भने २५ दिन अगाडि निर्मल शर्माको पानी तान्ने भपलेटर (पानी तान्ने पम्पिसेट ) चोरी भएको छ । शर्माले इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराउँदा प्रहरीले जाहेरी किटान गरेर निवेदन दिए मात्र प्रक्रिया अगाडि बढाउँछु भन्दै आलटाल गरेको उनले गुनासो पोखेका छन् । यसैगरी दूई महिना अगाडि मोहुमद अन्सारीको पानी तान्ने भपलेटर ( पनि तान्ने पम्पिसेट ) चोरी गरेको छ । यसअघि चोरी घटनामा इलाका प्रहरी कार्यालय बरियारपट्टी प्र.ना.नि .शिवनारायण यादव र प्र. ह. रामचन्द्र यादव हुदा दिनहुँ राति आफेै वा प्रहरी टोलि पठाए गाउँ गाउँ गस्ती गर्दा चोरी, तस्करी ,गजेडी तथा जड्यहा नियन्त्रण थिए । यता,प्रनानि हिरा यादव आएपछि ३ महिना नवित्दै यस्ता चोरीको तथा तस्करीको घटना व्यापक बढेको छ । यत्तिबेला वरियारपट्टी प्रहरीले तस्कर तथा बेलेकियाबाट रकम उसुली गरी राजस्व छलीको मालसमान नेपाल भित्राउँन सहयोग गर्दै आएको छ । यसमा पनि चोरीको घटना व्यापक बढेको छ ।

प्रतिक्रिया दिनुहोस

अंग्रेजी माध्यममा पठ ...

रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यम ...

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१