ताजा समाचार

उदाउँदो सुर्यलाई अध्र्य दिँदै छठ पर्व विधिबत रुपमा समापन

  • कार्तिक २८, २०७५
  • ११५९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २८ कार्तिक । उदाउँदो सुर्यलाई अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात मंगलबार  संध्याकालिन र आज (बुधबार) प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ । 
 
 
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
 
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । 

सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤