ताजा समाचार

भाषा उत्थान र साँस्कृतिक संरक्षणमा प्रदेश २ प्रमुखको जोड

  • कार्तिक २८, २०७५
  • ७३२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २७ कात्तिक । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले ऐतिहासिक घटनाबाट पाठ् सिकेर समाजमा बढ्दो विकृति विसँगतीको समाप्त पार्न आजको युवाहरुको काँधमा जिम्मेवारी आएको भन्दै यसको पहिचान र विकास गरी सांस्कृतिक प्रदेशको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सिरहाको लहानमा आज मैथिली भाषाको चलचित्र मिशन मधेशको सुटिंग प्रारम्भ कार्यक्रममा प्रमुख कायस्थले भाषा उत्थान र सांस्कृृतिक धरोहरको रुपमा चिनाउन महत्वपूर्ण रहेको बताउँनुभयो ।

उहाँले यसको लागि जनस्तरबाट नै सक्रिय बढ्नु पर्ने बताउँदै ‘स्थानीय लोकनाच, लोकबाजा, लोकरीति संस्कृति तथा परम्परा संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँनुभयो । प्रदेश भित्रको श्रोत साधनलाई समुचित प्रयोग गरी समृद्ध बनाउन प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सुझाव दिनुभएको छ । मिशन मधेश चलचित्रले समाजमा सदभाव कायम राख्न अनुकरणीय कार्य गरी समाजिक रुपान्तरणमा ठोस सन्देश जनमानसमा जान सकियोस् अनि मात्रै समाज विकास र उत्थानका लागि सवल हुने प्रमुख कायस्थले बताउँनुभयो । उहाँले प्रदेश २ मा निर्माण हुन लागिएको यो चलचित्रले भाषा संरक्षण र समाजिक चित्रण गर्न समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समृद्ध नहुने बताउँदै चलचित्रको लागि सरकारबाट सहयोग गरिने प्रतिबद्धता जनाउँनुभयो । उहाँले जातीय विभेद, सामाजिक असमानता र दाइजो प्रथाले समाजको विकास हुन नसकेकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लहान नगरपालिकाका मेयर मुनी साहले अधिकतम परिवर्तनको केन्द्र विन्दु लहान रहेकोले प्रदेश सरकारले लहानलाई उपेक्षा नगर्न आग्रह गर्दै लहान विकास निर्माणतर्फ उन्मुख भइरहेको बताउँनुभयो । मेयर साहले लहान नगरपालिकाभित्र धार्मिक तथा सलहेश सर्किट बनाउँन कार्य अघि बढिरहेको बेला प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँनुभयो । दिनाभद्री फिल्म प्रोडक्सन प्रालि लहान ७ का अध्यक्ष मुकेश्वरलाल कर्णका सभाध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य र नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, मिशन मधेशका निर्देशक महमुद आलमले लहानलाई चलचित्र उद्योगको रुपमा विकास गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउँनुभयो । कार्यक्रममा मिशन मधेशका आर्थिक सहयोगकर्ता शिला यादवले प्रमुख अतिथी कायस्थ, प्रदेश २ का प्रथम महिला सविता र मेयर मुनि साहलाई दोसल्ला ओढाएर सम्मान गरिएका छन् भने कार्यक्रम संचालकमा प्रमोद चौधरी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤